मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

बालमैत्रीसँगै पोषणमैत्री बागलुङ नगर अभियान

बालमैत्रीसँगै पोषणमैत्री बागलुङ नगर अभियान


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०८१, बिहिबार

बागलुङ/बालमैत्री शासनयुक्त नगर घोषणासँगै बागलुङ नगरपालिकालाई पोषणमैत्री नगर समेत घोषणा गर्ने लक्ष्य राखिएको छ । चालु वर्षभित्र सबै वडाका सबै स्वास्थ्य संस्थालाई पनि पोषणमैत्री बनाउने योजना अगाडि सारिएको हो ।
नगर स्वास्थ्य शाखाले दुई दिने पालिका स्तरीय पोषण कार्यक्रमको कार्ययोजना निर्माण र वार्षिक समीक्षा गरेर यो अभियान अगाडि बढाएको हो । नारायणस्थान लगायतका केही स्वास्थ्य संस्थाले पोषणमैत्री घोषणा गरिसकेका छन् ।
तोकिएका सबै सूचक पुरा गरेर पोषणमैत्री बनाउने लक्ष्य पुरा गर्न सबै स्वास्थ्य संस्थाका प्रमुख, जनप्रतिनिधि र स्थानीयको पहल आवस्यक भएको नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताए ।
बालमैत्री नगर घोषणाका लागि स्वास्थ्य शाखाले पुरा गर्नुपर्ने १४ वटा सूचक अधिकांस स्थानमा पुरा भएकोले छुटेका भएपनि पुरा गर्ने अभियानमा लागेको खनालको धारणा थियो । ‘बालमैत्रीका लागि त अधिकांस सूचक पुरा भैसकेका छन्, अब पोषणमैत्री अभियान पनि अगाडि बढेको छ’ खनालले भने, ‘सबै सूचक शतप्रतिशत पु¥याउने योजना पनि पुरा गर्नुछ ।’ बालमैत्री नगरका लागि कतिपय सूचक ९० देखि ९५ प्रतिशत भएपनि पोषणमैत्री बनाउन शतप्रतिशत बनाउने लक्ष्य राखिएको खनालले जानकारी दिए ।
समीक्षा कार्यक्रममा नगर भित्रका सबै स्वास्थ्य चौकी र नगर अस्पतालका प्रमुखहरुले वार्षिक कार्ययोजना पनि बनाएका छन् । गत वर्ष गरिएका पोषणमैत्री कार्यक्रमको समीक्षा गरेर भएका कमीकमजोरी सच्याएर जाने निर्णय गरेका हुन् ।
समीक्षाको समापनको अवसरमा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले स्वास्थ्य क्षेत्र संवेदनशिल क्षेत्र भएको भन्दै त्यसका लागि हरेक स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले आम नागरिकको स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्ने बताए । पोषणको आवस्यकताबारे जति संवेदनशिल छौं, आमा र शिशुको सुरक्षामा पनि संवेदनशिल बन्न सक्दा सबैखालका अभियानमा सफलता पाइने बताए ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीयअ अधिकृत हरिदत्त कंडेलले तथ्यांक मात्रलाई हेरेरभन्दा वास्तविक समस्या समाधानमा पनि ध्यान दिनुपर्ने सुझाव दिए । उनले नगरपालिकाबाट औषधी र औजारको समस्या हुन नदिने प्रतिबद्दता जनाए । बालमैत्रीको घोषणाका लागि पनि सबै सूचक नजिक पुगेकोले कामले छिटै मुर्तरुप लिने बताए । काममा गर्व गर्न सकेमा अर्काले के मूल्यांकन गर्छ भनेर कुर्न नपर्ने उनले सुझाए
कार्यक्रममा स्वास्थ्य कार्यालय बागलुङका तथ्यांक अधिकृत घनश्याम सापकोटाले अनुगमन र मूल्यांकनको काम एकैपटक थुपार्ने चलन हटाएर समयमै सक्ने लक्ष्य राखेमा बालमैत्री अभियान र पोषणमैत्री अभियान पनि सफल हुने उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->