बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

लाइभ प्रस्तुतिका लागि पोखरा आईपुगे गायक सञ्जनराज

लाइभ प्रस्तुतिका लागि पोखरा आईपुगे गायक सञ्जनराज


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०८१, बिहिबार

पोखरा / नेपाल टुर अन्तर्गत शुक्रवार पोखरामा हुने कार्यक्रमका लागि युवा पुस्तामाझ लोकप्रिय गायक सज्जनराज वैद्य पोखरा आइपुगेका छन् । गायक वैद्यले ‘एकादेशमा नेपाल टुर २०२४’ अन्तरगत पोखराको वाराही घाटमा लाइभ प्रस्तुति दिनेछन् ।

उनलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पर्यटन राजधानी पोखरामा स्वागत गरे । गायक वैद्यलाई नगर प्रमुख आचार्यले पोखरा संसार कै एक उत्कृष्ट पर्यटन गन्तव्य सहर हो भन्ने सन्देश गीतसङ्गीत मार्फत दिन अनुरोध गरे ।

हालै मात्र पर्यटन राजधानी घोषणा गरिएको पोखरा प्राकृतिक, सांस्कृतिक तथा साहसिक दृष्टिकोणले अनुपम रहेको प्रमुख आचार्यले बताए । गीतसङ्गीतमा प्रचारको अविश्वसनीय शक्ति हुने भएकोले पोखरालाई विश्व बजार प्रवर्द्धन गर्न वैद्य जस्ता कलाकारहरूको भूमिका महत्त्वपूर्ण हुने उनले बताए ।

अमेरिकाको न्युयोर्क बस्ने गायक वैद्यले आफ्नो हरेक भ्रमण छोट्टो समयका लागि भए पनि अनिवार्य रूपमा आफू पोखरा आउने गरेको सुनाए ।  पोखरा आफूलाई निकै सुन्दर लाग्ने उनको भनाई थियो । वैद्यका ‘हवाई जहाज’, ‘चिठ्ठी भित्र’, ‘मायालु’, ‘सस्तो मुटु’ लगायत गीत नेपाली युवापुस्ताले अत्यन्तै रुचाएका गीतहरू हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->