जोमसोम / मुस्ताङमा जुवाको खालबाट साढे ८ लाख नगदसहित १२ जना जुवाडे पक्राउ परेका छन् । आइतबार राति घरपझोङ गाउँपालिका-२ मार्फास्थित फिरोज लालचनको माउन्ट भिल्ला एण्ड रेष्टुरेन्टबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ८ लाख ५२ हजार ८०० नगदसहित ८ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ ।पक्राउ परेकाहरूलाई मंगलबार म्याद थप गरेर थप अनुसन्धान गरिने जिल्ल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी गणेश सुवेदीले जानकारी दिए ।
पक्राउ पर्नेमा घरपझोङ गाउँपालिका वडा नं. २ मार्फाका वर्ष ५० का सुरज लालचन, सोही ठाउँका बस्ने वर्ष ५६ का राजु लालचन वर्ष ५० का जेम्स हिराचन, बस्ने वर्ष ५३ का गुन्ज हिराचन, बर्ष ६० का दल बहादुर हिराचन, बस्ने वर्ष ५० का विश्व लालचन, कास्की पोखरा महानगरपालिका वडा नं. ९ स्थायी घर भई हाल जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका वडा नं. २ बस्ने वर्ष ५९ का आईत ज्वारचन, घरपझोङ गाउँपालिका वडा नं. २ मार्फाका वर्ष ३८ का समिर ज्वारचन, वर्ष ५० का कविन ज्वारचन, वर्ष ६५ का याम प्रसाद मगर, वर्ष ४० का सन्तोष लालचन र कास्की पोखरा महानगरपालिका वडा नं. घर भई हाल घरपझोङ गाउँपालिका वडा नं. २ बस्ने वर्ष ६० का कमल हिराचन रहेको सूचना अधिकारी सुवेदीले बताए ।





