शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

भ्रष्टाचार नियन्त्रणका लागि स्वरुपान्तरण आवश्यक : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

भ्रष्टाचार नियन्त्रणका लागि स्वरुपान्तरण आवश्यक : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ


  • अर्जुन काफ्ले
  • कार्तिक २२ २०८१, बिहिबार

स्याङ्जा/नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भ्रष्टचार नियन्त्रणका लागि स्वरुपान्तरण आवश्यक भएको बताएका छन् ।
गल्याङ नगपालिका १ उत्तरबाहिनीमा कालीगण्डकी ज्ञान विज्ञान प्रष्तिष्ठानले विद्यादान, अन्नदान तथा जीवनदानका लागि ११ करोड अक्षयकोष स्थापनार्थ अयोजित मातापिता पुजन एवं दामोदर महोत्सवलाई सम्बोधन गर्दै श्रेष्ठले यस्तो बताएका हुन् ।
पुर्व उपप्रधान तथा गृहमन्त्री समेत रहेका श्रेष्ठले आफुले देशको विकासमा ठुल्ठुला अभियान चलाएको बताउँदै अबको आवश्यकता व्यक्तीको स्वरुपान्तरण भएको बताए । उनले गृहमन्त्री हुँदा कर्मचरीलाई ध्यान शिविरमा राखेको र कार्यालयमा १५ मिनेट ध्यान अनि काम अभियान नै चलाइएको कार्यक्रममा स्मरण गरे ।
नेपालमा विभिन्न शाक्यमुनी बुद्ध र जनकको जन्म भएको बताउँदै श्रेष्ठले बाल्मीकी व्यास, पतञ्जली, अष्टावक्र, पार्वतीको समेत सर्बत्र चर्चा रहेको सुनाए । स्वामी चैतन्य कृष्णको आग्रहमा कार्यक्रममा आएका श्रेष्ठले बुद्धहरुको बस्तुनिष्ठ तथ्य संकलन गर्दा नेपालीलाई गौरव प्रदान गर्ने अन्तराष्ट्रिय स्तरमा पहिचान दिने, सबैले ज्ञान लिन सक्ने बताए ।
धर्मका नाममा विभिन्न रुढीवादी कामहरु भइरहेको बताउँदै श्रेष्ठले विज्ञानका विरुद्ध धर्मलाई उभ्याउने काम गर्दा धेरै गलत गतिविधि भैरहेको जिकिर गरे । नेपालमा जन्मेर नेपालमै बुद्धत्व, ज्ञान र सिद्ध प्राप्त गरेर आउनुभएका, सिगो मानव समाजलाई ज्ञान दिन सक्ने विभिन्न सिद्ध पुरुषहरुको तथ्यगत विवरण खोजी गर्नुपर्ने श्रेष्ठको जोड थियो ।
नेपाल हिमालको काखमा रहेको र हावापानी समेत राम्रो भएकाले मात्र बुद्ध पुरुष जन्मने र सिद्धी प्राप्तीको लागि आउने नभई यहाँ केही वैज्ञानिक कारण भएको उनले दाबी गरे । यहाँ गुरुकुल र अस्पाताल बनिसकेको बताउदै श्रेष्ठले ध्यान केन्द्र निर्माणको अवधारणा राम्रो रहेको र आफ्नो पार्टीको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->