हामी त ओमकार गौचनको नेपाली कांग्रेस हो भन्ने काका
मलाई विद्यार्थीकालमा नेपाली कांग्रेस पार्टी भनेको धनी, पुँजीपति, दलालहरुको पार्टी भने स्कुलिङ गरेका थिए अग्रजहरुले । नेपाली कांग्रेसका पार्टी विधान, नीति, विचार, सैद्धान्तिक धरातलका आधारमा पुँजीपति हो भनेर खुब पढाउँथे र रटाउँथे । हामीलाई नेकपा एमाले बाहेक अरु पार्टीहरुको विचार र सिद्धान्त, दर्शन, नीति बुझ्नका लागि मौका मिल्ने थिएन र सुचना प्रविधिको विकास विस्तार कम भएकोले अग्रजहरुको भर पर्नुको विकल्प थिएन । तर विस्तारै बुझदै जाँदा नेकपा मसाल अर्थात् राष्ट्रिय जनमोर्चा, नेकपा माओवादीको विचार समेत खुल्ला रुपमा आमसभाहरुमा भाषण सुन्न थालेको थिए । रेडियो एफएम, टेलिभिजन, युटुव, वेबसाइट र अनलाइनमार्फत फरक पार्टीको बारेमा चासो र सरोकार राख्न थाले । नेपाली कांग्रेसको रुख चिन्हमा भोट गर्नका लागि खुब चुनाव ताका प्रचार प्रसार भएको पाउँथे । चुनावको समयमा मतदाताहरुलाई भोट हाल्नको लागि पैसा बाँडने गर्दछ भनेर खुब प्रशिक्षण दिन्थे तर सबुद प्रमाणहरु पेश हँदैनथे ।
पछिल्लो समय अर्थात् झन्डै छ महिनाभन्दा अगाडीदेखि नेपाली कांग्रेसका जिल्ला स्तरका नेताहरुलाई फेसबुक म्यासेन्जरमार्फत नेपाली कांग्रेसको इतिहासबारे जानकारी दिने सांगठनिक प्रतिवेदन, बुकलेट लगायत किताबहरु उपलब्ध गराइदिनका लागि अनुरोध गरेपनि हात लाग्यो शुन्य भएको थियो । म्यासेन्जर साथीहरुले पढेको देखिन्छ । नेपाली कांग्रेसका दस्तावेजहरु उपलब्ध गराउन सक्नुभएन । त्यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला स्तरका नेताहरुलाई समेत राजनीतिक दस्तावेजहरु स्व–अध्ययनका लागि माग गरेको थिए । आजका मितिसम्म उपलब्ध हुन सकेको छैन । तर राष्ट्रिय जनमोर्चा जिल्ला समितिका अध्यक्ष तिलक थापालाई माग गरेको कार्यालय सचिव धर्म कुँवरमार्फत सांगठनिक प्रतिवेदन, विधान, घोषणा पत्र हात पारेको थिए । त्यसपछि मैले इन्टरनेट, वेबसाइट, गुगलको सहायता लिएर नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एमालेको राजनैतिक सांगठनिक प्रतिवेदन, विधान लगायतका सामाग्रीहरु डाउनलोड गरेर अध्ययन गरे । तर मैले भिजिट गरेका राजनैतिक पार्टीहरुका वेबसाइटहरु अपडेट थिएनन् । तर पनि आधारभुत रुपमा जानकारी लिनका लागि अत्यन्त सजिलो भएको थियो । मलाई रोचक लागेको के हो भने नेपाली कांग्रेस पार्टीको वेबसाइटमा विश्वेश्वर प्रसाद कोइराला (वि.पि. कोइरालाका साहित्यीक कृतिहरु दोषी चश्मा, मोदी आईन, सुम्निमा लगायतका कृतिहरु समावेश भएको पाउँदा खुशी लाग्यो ।
म तमानखोला गाउँपालिका बोगांदोभानमा झण्डै तिन वर्ष कामकाज गर्दाको समयमा सामुदायिक स्वास्थ्य इकाई बोगाखानीमा भवन उदघाटन तथा स्वास्थ्य सेवा शुभारम्भ कार्यक्रम रहेकोले हामी गाउँपालिकाका सम्र्पुण साथीहरु कार्यक्रममा सहभागी हुन जाने योजना बन्यो । त्यसभन्दा अगाडी साउनको समयमा गाउँपालिका अध्यक्ष जोकलाल बुढा, प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर विश्वकर्मा पैदल हिंडेर गएका थियौ । बाटोमा नेपाली कांग्रेसको तर्फबाट सांसद बनेका स्वर्गिय ज्ञान कुमारी छन्त्यालको पुरानो घर पर्ने भएकोले एकछिन हेरेर अगाडी बढ्ने काम भयो । बोगांखानी हँुदै ढोरपाटनसम्म मोटर बाटो खन्ने योजना रहेको थियो । मानिसहरु बुकी जानको लागि थुप्रै भेडा गोठाला यहीं बाटो भएर जान्थे । कार्यक्रममा स्थानीय पञ्चेबाजा बजाएर रमाइलो गर्ने, खसी काटेर भोज खाने व्यवस्था गरेका थिए । कार्यक्रम स्थलमा हामी अलि अगाडी गएकोले मैले स्थानीय अपरिचित मानिसहरुसँग साक्षात्कार हुने प्रयास गरे । एक जना दलित विश्वकर्मा थरका थोत्रो कपडा लगाएका काकासँग मेरो चिनाजान र कुराकानी हुन थाल्यो । शुरुमा नै ति काकाले तपाई के गर्नुहुन्छ भन्दा बित्तिकै भन्नुभयो कि । सर हामी त ओमकारको कांग्रेस हो नि । ओमकारको कांग्रेसको पालामा धेरै विकास भएको हो । म ओमकारको नेपाली कांग्रेसको पालामा नै डोल्पा, हुम्ला, जुम्ला, रुकुम, रोल्पा, मुस्ताङसम्म खच्चड लिएर गएको छु भन्नुभयो । ओमकारको कांग्रेसको चुनाव चिन्ह के हो नि काकाभन्दा उहाँले रुख चिन्ह भन्नुभएन । अर्कै चिन्ह भन्नुभएको थियो । आजकल नेपाली कांग्रेसको चुनाव रुख हो । धेरै विकास भनेर के के हो भनेर सोध्दा चामल, नुन, लत्ताकपडाको व्यवस्थापन हुने गर्दथ्यो । अहिलेका युवा पुस्ताले आमेकारको कांग्रेस भनेर नेपाली कांग्रेसका मतदातालाई चिन्दैन होला । बुढापाकाहरु कोही कोही विपिको कांग्रेस भनेर आफुलाई बताउँछन् । बोगांदोभानमा ओमकार गौचनको पुरानो घरमा कति सामान ढुवानी गरियो भन्दै पैदल यात्रा गरेको बताउनुभयो । बोगांदोभान बजारमा ओमकार प्रसाद गौचनको ठुलो घर थियो । जुन घर पछि ओमकारले बेच्नु भएछ । नेपाली कांग्रेससहित पञ्चायत कालको राजनीति बुझ्दा तेजेन्द्र बहादुर खड्काले कुश्मीशेराका बल बहादुर केसीलाई साथ सहयोग लिने समुह वा गुट बनाउँथे । अर्कोतिर ओमकार गौचनले भकुण्डेका जिल्ला पञ्चायत सभापति रणसिंह थापा मगरलाई साथ सहयोग लिएर समुह वा गुट बनाउने र राजनीति गर्ने चलन रहेछ । ओमकार गौचनले बुर्तिवाङ क्षेत्रहुँदै बोंगादोभानमा घरजग्गा किनेर बागलुङ पश्चिमको भेगमा राजनीति गरेको इतिहास पाइन्छ ।
बागलुङ जिल्लाको विद्यामन्दिर माध्यमिक विद्यालय र विद्यामन्दिर पुस्तकालय २००३ स्थापनाको लागि ओम प्रसाद गौचनको योगदान अतुलनीय रहेको थियो । ओम प्रसाद गौचनको छोरा ओमकार गौचनले राजनीतिक यात्रा तमानखोलाको बोंगादोभानमा घरजग्गा खरिद गरेर दरिलो तरिकाले गरेका थिए । नेपाली कांग्रेस र एमालेको गठबन्धनको सरकार बनेको वर्तमान समयसम्म आइपुग्दा दुवै पार्टीका घोषणा पत्रमा श्रमिक, कामदार, जनताका हितमा नै कार्यसम्पादन गर्नका लागि नै काम गर्ने बाचा गरेको अध्ययन गर्न पाइन्छ । अहिलेको वर्तमान समयमा बागलुङ जिल्लाको राजनीतिमा ओमकारको कांग्रेस भन्ने प्रचलन गुमनाम भएको छ । स्मृतिका पानाहरुबाट खोतल्नु पर्ने भएको छ ।
मुसा बिरालो खेलमा म बिरालो बनेर हारे
म पाँच÷छ कक्षामा अध्ययन गर्ने समयमा कक्षा कोठाको नियमित अध्ययनबाहेक अतिरिक्त खेलमा खासै रुचि मलाई लाग्दैन्थ्यो । तर शिक्षक शिक्षिकाहरुको अनुरोधमा सहभागी हुन बाध्य हुन्थे । कापीका पानाको चिठा बनाएर डुंगाको टुक्राले हानेर मंसिर–पुष महिनाको समयमा धुलाम्मे भएर खेलिन्थ्यो । मैले चिठा खेलमा प्रायजसोः हार्ने नै गर्दथे । गिन्ठी भन्ने खेलमा चउरमा खेले पनि दौडन नसकेर मैले बाजी मार्न सक्दैनथे । गुच्चा खेलमा रुचि लागे पनि गुच्चा किन्ने पैसा नभएर खेल खेल्न पछाडी हट्नुपर्ने बाध्यता थियो । भलिबल खेल सिक्ने समयमा विद्यालयकोे खेल मैदानमा दायाँबायाँ हातको बुढी औँलामा भलिबलको भार परेर मर्केर बढी दुखेपछि भलिबल खेल अभ्यास समेत गर्न छाडी दिए । स्कुलको खेलबाहेक तेक्वान्दो खेल, बक्सिङ खेल प्रशिक्षक लिएर गाउँमा तालिम चलाउँथे तर म भने हेरेर मात्र चित्त बुझाउँथे । कक्षा कोठामा तातो आलु, खो खो खेल, एथलेटिक्स, म्युजिकल चेयर, भाला हान्ने (ज्याबलिङ थ्रो) विद्यालयमा खेल्थे । मेरो कक्षामा खाली समयमा सहभागीतामुलक तरिकाले सबै विद्यार्थीहरुलाई खेल खेलाउँने सरस्वती शर्मा गुरुआमा हुनुहुन्थ्यो । गुरुआमा सरस्वती शर्माले खेल मैदानमा कक्षा कोठाका सबै विद्यार्थीहरुलाई जम्मा गरेर एकदिन मुसा बिरालो खेल खेल्नको लागि नियमहरु सुनाउनुभयो । मुसा बिरालो खेलमा बिरालो भै खेल्नका लागि अग्लो र बलियो विद्यार्थीहरुलाई छनोट गरेर आँखामा पट्टी बानेर गोलो घेरामा छोडी दिने चलन थियो । मुसा बनेको साथी चि चि भन्दै भाग्दै जाने र बिरालो बनेको साथी म्याऊँ म्याऊँ भन्दै मुसा खोज्न जानुपर्ने हुन्थ्यो । मभन्दा अगाडीको दुई समुहमा बिरालो बनेकोले नै मुसा बनेको साथीलाई समातेर र पछारेर जित्न सफल भयो । तेश्रो समुहको पालोमा म बिरालो बन्ने र अर्को साथी मुसा बनेर खेल खेल्न थालियो । मुसा बन्ने साथी भन्दा म होचा र दुब्ला जस्तो देखिन्थे । मुसा बनेको साथीहरुलाई जित्न सक्छ भनेर गुरुआमा सरस्वती शर्माले आँखामा पत्ति बाँधेर मुसा बिरालो खेलमा म सहभागी भए । एकछिन त मैले मुसा खोज्नका लागि मेसो नै पाएनन । मुसा बनेको साथी बलियो र चलाख भएर मैले छोप्न खोज्दा भागी रहन्थ्यो । जब म बिरालो बनेको मुसा बनेको साथीलाई खोज्दै भेट भएपछि एकछिन कसले जित्ने हो भनेर लडालड गरियो । साथीहरुले हुटीङ गरिरहेका थिए । एकआपसमा पछारपछार गर्दागर्दै त मुसा बनेको साथीले मलाई जितेर आफुभन्दा तल पो पा¥यो । मैले सकेको बल र टक्याटिस लगाए । तर मेरो बल र बुद्धिले मुसा बनेको साथीलाई म बिरालो बनेकोले पछारेर जित्न सकिन । व्यवहारिक रुपमा बिरालोले मुसालाई झम्टेर खाने गर्दछ । तर मुसा बिरालो खेलमा उल्टो भै बिरालोलाई मुसाले लछारेर पछारेर मुसाको मुनि बिरालो परेर बिरालोलाई खायो । खेल सकिन लागेको थियो । गुरुआमाले ल फेरी बिरालोले बनेर जित्ने गरी पुनः खेल्ने हो कि भनेर सोध्नु भयो । मैले केही नबोली टाउको हल्लाउँदै भो नखेल्ने भनेर मौन तरिकाले जवाफ दिए । बिरालो भनेर खेल्दाको हारले र लाजले भुतुक्क भएको थिए म । अर्को पटकदेखि म मुसा बिरालो खेल समेत नखेल्ने आत्मादेखि नै कठोर निर्णय गर्न बाध्य भएको थिए । मुसाले बिरालोलाई शिकार गर्यो भनेर साथीहरुले एक हप्तासम्म कक्षा कोठामा झिस्काउन समेत छाडेनन् । तर गाउँका युवाहरु हल्लाका रुपमा फुटबल समेत खेल्थे । तर म पाँच÷छ कक्षामा पढ्ने समयमा कहिलेकाँही पुरानो जुराफमा कागज कोचेर बनाएको बललाई प्रयोग गरेर हल्का फुटबल खेलिन्थ्यो ।
अन्तमा यसरी नेपाली कांग्रेसमा ओमकारको कांग्रेस भन्ने पुस्ताले अहिलेसम्म कांग्रेसको संस्थागत मतदाताको जग बनाएको सुन्दा अझै गहिरोसँग र विस्तृत रुपमा नेपाली कांग्रेस पार्टीको बागलुङको इतिहास बुझ्न ममा अझै खुल्दुली लागेको छ । स्व. ओमप्रसाद गौचन जस्तै स्व. ओमकार प्रसाद गौचनका बारेमा स्मृति ग्रन्थ प्रकाशन होओस् भन्ने चाहाना छ । अर्कोतिर खेलकुदको अभिरुचीका सन्दर्भमा मलाई कम ज्ञान भएकोले फुटबल, भलिबल, क्रिकेट खेलहरु प्रत्यक्ष दर्शक बनेर त कहिले टेलिभिजनमा खेलका नियमहरु बुझदै गरेर हेर्ने गरेको छु । हल्का नेपाली कांग्रेसको इतिहास र स्व. ओमकार गौचनको बारेमा छोटो बसाइ र साक्षात्कार गर्ने समयमा नेपाली कांग्रेस जिल्ला कार्य समितिका पुर्व सभापति हरि प्रसाद श्रेष्ठसँग भलाकुसारी गर्दा हरि प्रसाद काकाले पनि आफनो बारेमा आत्मकथाको संस्मरणको किताब निकाल्ने सोच रहेको बताउनुभयो । पुराना फोटोहरुको संकलन, राजनैतिक, शैक्षिक, विकास, सामाजिक, रोजगारी, यात्रा, भ्रमण लगायतका क्षेत्रहरुको विभिन्न दृष्टिकोणहरुलाई समाहित गरेर लेख्दा कुनै विषयवस्तु र गतिविधिहरु नछुट्ने सरसल्लाह मैले दिए । यदि हजुरको आत्मसंस्मरण किताब निकाल्ने योजना र निर्णय भएमा सक्दो सहयोग मैले पनि जाने बुझेको र क्षमताले भ्याएको गर्ने बचनबद्धता प्रकट गरे ।





