शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विमलाको निधनपछि गण्डकीमा सांसद बन्ने पालो स्याङ्जाकी सुनिताको

विमलाको निधनपछि गण्डकीमा सांसद बन्ने पालो स्याङ्जाकी सुनिताको


  • ढोरपाटन संवाददाता
  • मंसिर १ २०८१, शनिबार

पोखरा / गण्डकी प्रदेश सभा सदस्य म्याग्दीकी विमला गौचनको मृत्यु भएपछि अब उनको ठाउँमा स्याङ्जाकी सुनिता थापा सांसद बन्ने भएकी छन् । गौचन प्रदेश सभाको समानुपातिकतर्फ आदिवासी/जनजाति महिला क्लस्टरबाट सांसद बनेकी थिइन् ।
निर्वाचनका बेला नेपाली कांग्रेसले निर्वाचन कार्यालयमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीअनुसार आदिवासी/जनजाति क्लस्टरको १ नम्बरमा रहेकी गौचनको मृत्यु भएपछि अब पाँचौ नम्बरमा रहेकी स्याङ्जा चापाकोटकी थापा प्रदेशसभा सदस्य बन्ने भएकी हुन् । उनीभन्दा अगाडिका सवै जना गण्डकी प्रदेश सभामा निर्वाचित भइसकेका छन् ।
आदिवासी/जनजाति महिलातर्फबाट म्याग्दीकी गौचनसहित पर्वतकी रेखा गुरुङ, कास्कीकी सरस्वती गुरुङ र लमजुङकी पार्वती तामाङ क्रमसंख्याअनुसार सामानुपातिक सांसद बनेर प्रदेश सभा छिरीसकेका छन् ।
गौचनको निधन भएसँगै क्रमसंख्या अनुसार स्याङ्जाकी सुनिताले प्रदेश सभा सदस्य बन्ने अवसर पाउने नेपाली कांग्रेस गण्डकीका एक सदस्यले बताए । स्याङ्जा चापाकोट नगरपालिका-९ मा जन्मिएकी सुनिताले अपांगता भएका व्यक्तिहरुको पक्षमा काम गर्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->