बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मसिना पर्यटन सहकारी संस्थाको १२ औं साधारण सभा

मसिना पर्यटन सहकारी संस्थाको १२ औं साधारण सभा


  • ढोरपाटन संवाददाता
  • कार्तिक २६ २०८१, सोमबार

लेखनाथ/पोखरा महानगरपालिका वडा नं. ३२, तल्लो गगनगौडामा रहेको मसिना पर्यटन सहकारी संस्था लि.को १२ औं साधारण सभा सम्पन्नभएको छ ।
लेखनाथउद्योग वाणिज्य संघको सभाहलमा शनिवार भएको वार्षिक साधारण सभाको उद्धघाटन पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले उद्धघाटन गर्दै शहकारीले शेयर सदस्यहरुलाई विश्वासको वातावरण सृजनागरी राम्रा कुरालाई आत्मासाथ गर्दै हातेमालो गरी अगाडी वढ्न सुझाव दिदै जुन उद्देश्यले सहकारी स्थापना भएको हो सोहीअनुरुप पर्यटनसंग सम्बन्धित जिम्वेवारीका साथ सहकारीमैत्री बनाउनु पर्ने धारणा राखे ।
संस्थाका अध्यक्ष प्रकाशचन्द्र पागलको सभापतित्वमा भएको सो कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, संस्थाका सल्लाहकार शिवजी लामिछाने, शुक्लागण्डकी नगरपालिका वडा नंं २ का वडा अध्यक्ष सुमन राना, गगन कालिका वचत तथा ऋण सहकारी संस्थाका सचिव शरण प्रधान, बाटिका सहकारी संस्थाका निवर्तमान अध्यक्ष मानबहादुर श्रेष्ठ, महिलाको तर्फबाट संस्थाकी शेयर सदस्य पद्मा बास्तोला, महेश्वर पौडेल लगायतले विश्वारको वातावरणका साथ संस्था अगाडी वढ्नु पर्ने धारणा राखेका थिए ।
संस्थाको श्रीवृद्धिका लागि योगदान दिने शेयर सदस्य सुजन भण्डारी र नारायण मल्ललाई उत्कृष्ट कारोवार पुरस्कार र संस्थाका प्रबन्धक सुजन बस्नेत, कर्मचारी लक्ष्मी कोइराला र विनिता गिरीलाई कार्यक्रममा प्रमुख अतिथिद्धारा सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष प्रकाशचन्द्र पागलले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->