मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

३० वर्षपछि निरयघाटमा तोरण तारियो (फोटो फिचरसहित)

३० वर्षपछि निरयघाटमा तोरण तारियो (फोटो फिचरसहित)

स्थानीयले तयार पारेको १६ लाख दिप प्रज्वलन पनि गरिएको समितिका अध्यक्ष रमेश राजभण्डारीले बताए ।


  • प्रकाश बराल
  • कार्तिक २७ २०८१, मंगलबार

बागलुङ/हरिबोधिनी एकादशीको अबसरमा बागलुङ नगरपालिका वडा नं. ४ स्थित निरयघाटमा ३० वर्षपछि सामुहिक तोरण तारिएको छ । २०५१ पछि रोकिएको एकादशी मेला समेत संचालन भएको छ ।
मेलामा भजनकृतन, पञ्चेबाजा लगायत धार्मिक समूहले पनि आफ्नो परम्परा अनुसार सहभागि भएका थिए । कालीगण्डकी नदी किनारको निरयघाटमा परापूर्वकालदेखि एकादशी मेला लाग्ने र तोरण तार्ने गरिएकोमा सशष्त्र द्वन्द्वपछि प्रशासनले रोक लगाएकोले यो पर्व रोकिएको थियो । यहाँको राधाकृष्ण मन्दिर सेवा समितिले सामुहिक रुपमा तोरण तार्ने र मेला व्यवस्थापन गर्ने काम गरेको हो ।
यहाँको उपगौरी महिला समूहले १ सय ५० मीटर लामो तोरण बाटेको थियो भने पूजा र व्यवस्थापन मन्दिर व्यवस्थापन समितिले गरेको थियो । यहाँ स्थानीयले तयार पारेको १६ लाख दिप प्रज्वलन पनि गरिएको समितिका अध्यक्ष रमेश राजभण्डारीले बताए । उक्त अबसरमा नेपाली सेना, सशष्त्र र नेपाल प्रहरीले तोरण तार्ने कामदेखि अन्य कार्यमा पनि साथ दिएका थिए । एकादशी नुहाउन पनि कालीगण्डकी नदीमा सयौं मानिस पुगेका थिए ।
मेलालाई अबदेखि निरन्तरता दिने गरी प्रशासन र स्थानीयले सहमति गरेका छन् । ‘ऐतिहासिक महत्वका पर्वलाई जीवन दिनुपर्छ भनेर पहल गरेका छौं’ राजभण्डारीले भने, ‘सबैको साथ र सहयोग भएमा मेलाले जीवन पाउनेछ ।’ अब भने हरेक वर्ष फूलको डोली र तोरण तार्ने, भजन र पञ्चेबाजा लगायतका साँस्कृतिक नृत्य र झाँकी समेत प्रर्दशन गर्ने व्यवस्थापन गरिएको हो ।
हिन्दुधर्ममा हरिबोधिनी एकादशीको ठूलो महत्व छ । यो दिन गंगा स्नान गरेर भगवान बिष्णुको अबतारको रुपमा तुलसीको पूजा समेत गरिन्छ । तुलसीको मठ सिगारेर राखिन्छ । तोरण तार्दा मानिसहरुले जानीनजानी गरेको पापबाट तर्ने विश्वास पनि गरिन्छ । एकादशीकै अबसरमा कालीगण्डकीको मालढुंगा, जैमिनी धाम र बेलबगरमा पनि तोरण तारिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->