शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

फेदीखोलाको बालगृहलाई पाँच लाख अनुदान

फेदीखोलाको बालगृहलाई पाँच लाख अनुदान


  • अर्जुन काफ्ले
  • मंसिर १ २०८१, शनिबार

स्याङ्जा/फेदीखोला गाउँपालिका वडा नं. १ मा रहेको अमोर सेवा नेपालद्धारा सञ्चालित बालगृहले पाँच लाख अनुदान पाउने भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकूद मन्त्रालयअन्तर्गत सामाजिक विकास कार्यालय स्याङ्जाले आर्थिक वर्ष २०८१÷८२ मा अनुदान उपलब्ध गराउने भएको हो ।
सामाजिक विकास कार्यालय स्याङ्जाका कार्यालय प्रमुख जीवन पौडेल र बालगृह सञ्चालक तथा अध्यक्ष कमला पराजुलीबीच सम्झौता भएको हो । अनुदान रकम बालगृहमा बालबालिकाको सर्वाङ्गीण क्षेत्रको विकास र उनीहरुको शिक्षा, खाद्यान्न, कपडा, स्वास्थ्य लगायत बालगृहको सुधारमा उक्त रकम खर्च गरिने छ ।
२०६८ सालमा स्थापना भएको बालगृहमा २०७२ बाट ७ जना अभिभावकविहीन बालबालिका राखेर अभियान थालिएको हाल ३७ जना बालबलिका बस्दै आएको पराजुलीले बताए । अभिभावकविहीन बालबालिकालाई अभिभावकत्व प्रदान गर्दै उनीहरुको लुगाफाटो, खानपिन, बसोबास तथा अध्ययनको व्यवस्थापन कमलाले मिलाउँदै आएकी छन् ।
बालगृह सञ्चालनका लागि आम्दानीको स्रोत भने केही नभएको बताउँदै पराजुलीले भनिन्, ‘मुख्य स्रोत भनेकै मुठीदानसहित जन्मदिन, वार्षिक पुण्यतिथिमा गरिने कार्य, धार्मिक कार्य, विभिन्न संघसंस्थाले खाद्यान्न, लत्ताकपडा लगायत नगद तथा जिन्सीका रुपमा प्राप्त हुने सहयोग नै हो ।’ यहाँ रहेका बालबालिका नर्सरीदेखि कक्षा १२ सम्म अध्यानरत छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->