आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

यु–१९ विश्वकपका लागि छानिएकी रचना र अग्रज क्रिकेट दीपेशलाई पोखरामा सम्मान

यु–१९ विश्वकपका लागि छानिएकी रचना र अग्रज क्रिकेट दीपेशलाई पोखरामा सम्मान


  • ढोरपाटन संवाददाता
  • मंसिर ३ २०८१, सोमबार

पोखरा/  पोखरेली क्रिकेटरद्वय रचना चौधरी र दिपेश खत्रीलाई पोखरामा सम्मान गरिएको छ । पोखरा महानगर क्रिकेट संघले दुई खेलाडीको सम्मान गरेको हो । १९ वर्षमुनिको विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट छनौट हुन सफल पोखरा गलेश्वरकी रचना चौधरी र पोखरा चाउथेका दिपेश खत्रीलाई उनीहरूले पोखराको क्रिकेट विकासमा पु¥याएको योगदानको कदर गर्दै संघले सम्मान गरेको हो । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले उनीहरूलाई दोसल्ला ओडाएर सम्मान–पत्र प्रदान गरे ।

सो अवसरमा अध्यक्ष गोदारले खेलाडीहरू राष्ट्रको गहना भएको बताउँदै उनीहरुलेनै अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको सान उँचो पार्ने औल्याए । पोखरा महानगर क्रिकेट समितिको सहयोगमा महानगर क्रिकेट संघले आयोजना गरेको क्रिकेटको ग्रासरुट कार्यक्रमबाट रचना जस्तै अन्य होनहार खेलाडी उत्पादन हुनेमा उनले विश्वास व्यक्त गरे । उनले यो कार्यक्रमलाई निरन्तरता प्रदान गरिने प्रतिवद्धता जाहेर गरे । पोखराको क्रिकेट विकासमा पूर्व अन्तर्राष्ट्रिय खेलाडी दिपेश खत्रीको योगदान अतुलनीय रहेको बताउँदै उनको अनुभव पोखराको क्रिकेट विकासमा लगाउनुपर्ने गोदारको भनाई थियो ।

पोखरा महानगर क्रिकेट संघका अध्यक्ष वीरेन्द्र पुनले क्रिकेटमा नवप्रतिभाशाली खेलाडी खोज्नका लागि ग्रासरुट कार्यक्रमलाई निरन्तरता प्रदान गरिने बताउँदै पोखरामा रचना चौधरी जस्तै सम्भावना बोकेका अन्य खेलाडीहरूले पनि आगामी दिनमा सफलताको सिडी चढ्ने विश्वास व्यक्त गरे । त्यस्तै नेपालको टिमबाट विश्वकप खेलिसकेका क्रिकेटर दिपेशले अहिले पनि एकल प्रयासमा लेखनाथमा मैदान निर्माण गरी क्रिकेट विकासका लागि विभिन्न प्रतियोगिताहरु सञ्चालन गर्दै आएको बताए ।

संघका उपाध्यक्ष समेत रहेका प्रशिक्षक गोविन्द प्रधानले आफ्नै चेली रचनाले विश्वकपको यात्रा तय गर्दा आफूभित्र खुसीको सिमाना नरहेको जनाए । अभिभावक दीपक आचार्यले हिजोसम्म पोखराको क्रिकेट मैदानमा आफ्नै बच्चाहरूसँग क्रिकेट खेल्दै गरेकी रचनालाई विश्वकप सम्म पुगेको देख्न पाउँदा क्रिकेटमा भोलिका दिन उज्जालो रहेको जनाए । दृश्यम मिडियाका सम्पादक विनोद लामिछानेले सम्मानित दुबैजनालाई बधाई ज्ञापन गर्दै पोखराको क्रिकेट विकासका लागि आफ्नों मिडियाले बिगतकै जस्तो सबैसंग सहकार्य गर्दै जाने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->