मंगलबार, भाद्र ९ २०८३

मंगलबार, भाद्र ९ २०८३
  • ९ भाद्र २०८३ , मंगलबार
  • August 25 2026

गलकोट नगर अस्पतालमा प्रसुती र शिशु उपचार केन्द्र संचालन

गलकोट नगर अस्पतालमा प्रसुती र शिशु उपचार केन्द्र संचालन


  • ढोरपाटन संवाददाता
  • मंसिर ४ २०८१, मंगलबार

बागलुङ/गलकोट नगर अस्पतालमा प्रसुती सेवा र शिशु उपचार सेवा संचालनमा आएको छ । स्वास्थ्यमन्त्री प्रदिप पौडेलले मंगलबार उक्त सेवाको उद्घाटन गरेका छन् ।
मन्त्री पौडेलले सेवा उद्घाटन गर्दै आम नागरिकको स्वास्थ्य सेवाका लागि सरकारले प्रभावकारी कार्यक्रम बनाउनु पर्ने आवस्यकता रहेको बतएका छन् । त्यसका लागि मन्त्रालयमा तीन तहका कार्यक्रम बनाउने पहल भएको बताएका छन् ।
नगर अस्पतालको आकस्मिक प्रसुती सेवा तथा नवजात शिशु सेवा (सिईओएनसी)को मंगलबार उद्घाटन गर्दै पौडेलले नागरिकको विश्वास योग्य अस्पताल र स्वास्थ्य सेवा बनाउने बताए । पौडेलले अस्पतालले दिने सेवाले नागरिकको विश्वास बढ्ने भएकोले नागरिकको चाहना अनुसारकै सेवा प्रवाहमा सबैलाई आग्रहपनि गरे ।
मन्त्री पौडेलले स्वास्थ्य बीमा कोषलाई व्यवस्थित गरेर नागरिकको गुणस्तरीय स्वास्थ्य सेवालाई पनि प्रभावकारी बनाउन काम थालिसकेको बताए । तीन बर्षअघि स्थापना भएको नगर अस्पतालले सबैखाले सेवा संचालन गरेपछि ग्रामीण जनताले सेवा पाउन थालेका छन् ।
गलकोट नगरपालिकाले शुरु गरेको नगर अस्पतालले शल्यक्रिया सेवा पनि थालेको छ । त्यस बाहेक बर्षमा यो अस्पतालमा ३० हजार बढी बिरामीको उपचार भैरहेको अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताए । कार्यक्रममा पूर्व उपप्रधान मन्त्री चित्रबहादुर केसीले जनतालाई निशुल्क सेवा दिने काममा सरकारले पहल गर्नुपर्ने बताए । उनले निशुल्क भनेपनि सेवामा जनताले सास्ती खेपेको टिप्पणी गरे ।
कार्यक्रममा पूर्व शिक्षा मन्त्री देवेन्द्र पौडेलले सरकारले गर्नुपर्ने काम प्रभावकारी हुनुपर्ने भन्दै शिक्षा र स्वास्थ्यमा राज्यको लगानी बढाउनु पर्ने बताए । उक्त अबसरमा गलकोट नगर अस्पतालको जग्गा व्यवस्थापनको लागि विभिन्न सहयोगी थपिएका छन् । गलकोट नगरपालिकाका पुर्व उपप्रमुख रेनुका काउचा मगरले ५० हजार, सुवेदार हिम बहादुर खड्काले ५५ हजार र गलकोट समाज टोकियो जापानका उपाध्यष ईश्वर बस्नेतले १ लाख १५ हजार सहयोग गरेका छन् ।
कार्यक्रममा डाक्टर, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रम गलकोट नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता, गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेको स्वागत र गलकोट नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष पवन हमालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा अस्पतालका प्रमुख डा. पौडेलले प्रगती प्रतिवेदन पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->