पोखरा/पोखरा १२ भद्रकाली मार्गमा रहेको पोखरा यूनाइटेड एकेडेमीमा वार्षिक स्पोटर्स मिट २०८१ बिहीबार पनि जारी रहेको छ । उक्त स्पोटेर्स मिटअन्तर्गतको दोश्रो दिन बिहीबार विभिन्न चरणसहित फाइनल खेलहरु भएको शिक्षक फणिन्द्रराज पौडेलले बताए ।
शुक्रबार बाँकी रहेका केही खेलको फाइनल खेलहरुसँगै प्रतियोगिता समापन हुने भएको उनले बताए । उनका अनुसार ९ सय विद्यार्थीहरु रहेको विद्यालयमा एक तिहाइ करिब ३ सयजना विद्यार्थीहरु विभिन्न खेलकुदमा आवद्ध भएका छन् । हरेक वर्षजसो विद्यार्थीहरुको खेलकुदमा रुचि बढ्दै गएको विद्यालयका प्रिन्सिपल बयनबहादुर गोदारले बताए ।
बिद्यार्थीहरुको शिक्षासँगै अतिरिक्त कृयाकलापमा जोड दिन उक्त कार्यक्रम वार्षिक रुपमा आयोजना गर्दै आएको उनको भनाइ छ । स्पोट्र्स मिटमा राष्ट्रिय खेल भलिबल, फुटबल, बास्केटबल लगायतका विभिन्न प्रतियोगिता राखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारीले बताए ।





