आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

वाराही माविले क्लस्टरस्तरीय फुटबल प्रतियोगिता गर्ने

वाराही माविले क्लस्टरस्तरीय फुटबल प्रतियोगिता गर्ने


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०८१, शुक्रबार

पोखरा/वाराही माध्यमिक विद्यालय पोखरा-५, मालेपाटन कास्कीले क्लस्टरस्तरीय सेभेन ए साइड फुटबल प्रतियोगिता-२०८१ आयोजना गर्नेभएको छ । विद्यालयले आफ्नो ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा क्लस्टर स्तरीय प्रतियोगिता आयोजना गर्न लागेको हो । मावि स्तरीय सामुदायिक विद्यालयको एक संगठन हो क्लस्टर । सोही विद्यालयहरु बीचमा प्रतियोगिताको आयोजना गर्न लागिएको हो । प्रतियोगितामा १५ वटा विद्यालयको सहभागिता रहने छ ।
सामुदायिक विद्यालयलाई संगठित गर्दै बाराही माविलाई खेलकुदको माध्यमबाट समेत चिनाउनका लागि प्रतियोगिता आयोजना गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल खत्रीले जानकारी दिए । विद्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सामुदायिक विद्यालयहरुलाई समेत खेलकुदमा अब्बल बनाउन आजको आवश्यकता रहेको बताए । ‘कार्यक्रमले हाम्रो विद्यालयका विद्यार्थीहरूको खेलकुदमा अभिरुचि बढाउन र भविष्यका फुटबल खेलाडीहरूको खोजी गर्न महत्वपूर्ण अवसर हो,’उनले भने, ‘हामीलाई विश्वास छ कि यस प्रतियोगिताले हाम्रो विद्यार्थीहरूको क्षमता र उत्साहलाई नयाँ उचाइमा पु¥याउने छ भनेर ।’
प्रतियोगिताको आयोजना महत्वपूर्ण रहेको र यस प्रकारका खेलकुद प्रतियोगिताले विद्यार्थीहरूलाई शारीरिक र मानसिक रूपमा बलियो बनाउने वडा अध्यक्ष विष्णु प्रसाद बराल वताए । यसले उनीहरूको टोली भावना र प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि पुर्याउँछ । यस आयोजक टोलीलाई म शुभकामना दिँदै पूर्ण समर्थन व्यक्त गर्नेछु भन्दै वडा अध्यक्ष बरालले बताए ।
प्रतियोगितामा प्रथम पुरस्कारको लागि ३०,००० रुपैयाँ र द्वितीय पुरस्कारको लागि २०,००० रुपैयाँ प्रदान गरिनेछ। विजेताहरूलाई ट्रफी, मेडल, सर्टिफिकेट र मायाको चिनो पनि दिइनेछ । वाराही विद्यालयका खेलकुद संयोजक सुशील क.सीका अनुसार प्रतियोगितामा वाराही माध्यमिक विद्यालय,छोरेपाटन माध्यमिक विद्यालय, जनप्रिय माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय, भद्रकाली माध्यमिक विद्यालय, नवप्रभात माध्यमिक विद्यालय लगायतका विद्यालयहरू सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->