शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

विदेशी डाक्टरले दिए निःशुल्क स्वास्थ्य सेवा

विदेशी डाक्टरले दिए निःशुल्क स्वास्थ्य सेवा


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०८१, आइतबार

स्याङ्जा/आँधीखोला गाउँपालिकामा विदेशी डाक्टरसहितको टोलीले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।
वडा नं ५ कृषिमा दुई दिन र वडा नं १ शिरुवारी दुई दिन गरेर चार दिन गरिएको गरिएको स्वास्थ्य शिविरमाएक ३४९ जना सेवाग्राहीहरुले स्वास्थ्य सेवा पाएका छन् ।
फ्रान्सबाट आएको चिकित्सक र स्वास्थ्यकर्मीसहित १६ जना र नेपाली तीन चिकित्सकसहित १८ जना गरी ३४ जनाको टिमले यहाँ स्वास्थ्य सेवा दिएको गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले बताए ।
आँधीखोला गाउँपालिकाले नेपाल शिक्षा, स्वास्थ्य र वातावरण संस्था काठमाडौ प्राविधिक सहयोगमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा साना बच्चा देखि ९० बर्षका बृद्धसम्मले स्वास्थ्य सेवा लिएका हुन् ।
आफ्नै गाउँपालिका भित्र नजिकैका स्थानहरुवाट बिदेशी सहित स्वाथ्इ सेवा दिन पाएकोमा स्थानिय सेवाग्राही हर्षित बनेका थिए ।
गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले पालिका भित्र यस्ता शिविरहरु पटकपटक गराउनुपर्ने बताउदै यसले स्थानियको समय तथा आर्थिक बचत पाउने बताए ।
यस्तै भीरकोट नगरपालिका ७ बलमाटामा खुमा फाउण्डेसनले छैठौं स्थापना दिवसको उपलक्ष्यमा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान गरेको छ । स्वास्थ्य शिविरमा ६६६ जनाले स्वास्थ्य सेवा लिएका थिएभने ४५ पिन्ट रगत सङकलन गरिएको थियो ।
दुई वटै निःशुल्क स्वास्थ्य शिविरमा जनरल ओपिडी सेवा, मानसिक स्वास्थ्य सेवा, नाक कान घाँटी रोग सेवा, स्त्री रोग सेवा, हाड जोर्नी तथा नसा रोग सेवा, दन्त रोग परिक्षण, पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग सेवा, प्रयोगशाला परिक्षण, इसिजी, भिडियो ए–क्सरे सेवा, मुटुको भिडियो एक्सरे (इको) सेवा, फार्मेसी प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->