शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

पञ्चकन्याले राष्ट्रपति रनिङ सिल्ड जित्दा विनिता सर्वाेत्कृष्ठ

पञ्चकन्याले राष्ट्रपति रनिङ सिल्ड जित्दा विनिता सर्वाेत्कृष्ठ


  • ढोरपाटन संवाददाता
  • मंसिर ९ २०८१, आइतबार

स्याङ्जा/पञ्चकन्या माविले दोस्रो राष्ट्रपति रनिङ सिल्ड तथा बृहत खेलकुद महोत्सवको उपाधि जितेको छ ।
अर्जुन चौपारी वडा नं १ को पञ्चकन्याले २२ स्वर्ण, आठ रजत र चार कास्य पदक हात पार्दै लगातार दोस्रो पटक रनिङ सिल्ड जितेको हो । ५० स्वर्ण, ५० रजत र ५० कास्य पदकमा भएको प्रतिस्पर्धामा घण्टे माविले नौ स्वर्ण, नौ रजतर पाँच कास्य पदक ल्याएर दोस्रो बनेको प्रमुख प्रसासकीय अधिकृत कौशल पाण्डेले जानाकारी दिनुभयो ।
महोत्सवमा तेस्रो बनेको अर्जुन चौपारी चिल्डेन एकेडेमीले चार स्वर्ण, सात रजत र चार कास्य पदक जितेको हो भने अमरज्योतिले चार स्वर्ण, चार रजत र १० कास्य पदक जितेको हो ।
महोत्सवमा पालिकाभित्र सबै नजितामा सर्वोत्कृष्ठ घण्डे माविलाई एक लाख, उत्कृष्ठ जनमाविलाई ५० हजार प्रदान गरिएको थियो । यस्तै कक्षा १ देखि ५ सम्म उत्कृष्ठ गणेश आवि र गाउँफर्क आविलाई ५०÷५० हजार तथा कक्षा १ देखि ३ सम्म उत्कृष्ठ सुर्योदय आधारभुत विद्यालयलाई ५० हजार रुपैयाँ र सम्मानपत्रले सम्मान गरिएको थियो ।
मङसिर ६ गतेबाट सुरु भएको रनिङ शिल्ड तथा खेलकुद महोत्सबमा गाउँपालिकाका ३३ विद्यालयका नौ सय विद्यार्थीको सहभागिता थियो ।
कक्षा १ देखि १२ कक्षाका विद्यार्थीको सहभागिता रहेको प्रतियोगितामा चम्चा दौड, म्युजिकल चियर, एकल नृत्य, दौड, हाइजम्प, लड्ढजम्प, त्रिपलजम्प, भलिबल, कबड्डी, डोरी तान्ने खेल भएको थियो ।
खेलकुद महोत्सवमा बिजयीलाई संघीय सांसद राजु थापाले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरणमा सांसद थापाले खेलकुद र खेलाडी देशको गहना भएको बताउदै सबैले यसमा लगानी गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य शैलेन्द्र घिमिरे, पालिका अध्यक्ष प्रकाश तिवारी, उपाध्यक्ष सपना गुरुङ, वडा नं का वडा अध्यक्ष रणबहादुर थापा, वडा नं २ का अध्यक्ष धनबहादुर गुरुङ, शिक्षक लाल केसी, बिष्णुप्रसाद चापागाई, बिद्यार्थी सुस्मिता पौडेल लगायतले मन्तब्य राखेका थिए ।
विनीता सर्वोत्कृष्ठ
घण्टे माविमा कक्षा ११ मा अध्ययनरत विनीता क्षेत्रीले आफुले प्रतिस्प्र्धा गरेको पहिलो प्रतियोगितामा आठ पदक जिनेकी छन् ।
अर्जुन चौपारी गाउँपालिका–५ घण्टेमा उक्त माविबाट पहिलो पटक गाउँपालिकाले आयोजना गरेको दोस्रो राष्ट्रपति रनिङ सिल्ड तथा बृहत खेलकुद महोत्सव सहभागी क्षेत्रीले चार स्वर्ण, दुई रजत र दुई कास्य पदक जितेकी हुन् ।
क्षेत्रीले १०० मिटर दौड, १०० मिटर रिले, भलिवल र लङजम्पमा स्वर्ण पदक जितेकी हुन् । यस्तै ४०० मिटर रिले र २०० मिटर दौडमा रजत पदक जित्दा क्षेत्रीले कबड्डी र त्रिपलजम्पमा कास्य पदक जित्न सफल भएकी हुन् ।
भर्खर १६ बर्षमा पाइला टेकेकी छात्रातर्फकी सर्वोत्कृष्ठ खेलाडी महाशिला ६ पर्वत घर भइ घण्डेमा अध्यनरत क्षेत्रीले पहिलोपटकमै पदक जितेको बताइन् । यस भन्दा पहिला खेलकुदमा सहभागी नभएको बताउँदै क्षेत्रीले अब निरन्तर खेलकुदमा लाग्ने बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->