बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

तोलामा २६ सयले घट्यो सुनको मूल्य

तोलामा २६ सयले घट्यो सुनको मूल्य


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०८१, मंगलबार

काठमाडौं/मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा २६ सय रुपियाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा एक लाख ४८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।
अघिल्लो दिन सोमबार १५ हजार नौ सय रुपैयाँले घटेर एक लाख ५१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । आज चाँदी १८ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->