शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कालीगण्डकी नदीमा ३ लाख बढी माछाका भुरा छाडियो

कालीगण्डकी नदीमा ३ लाख बढी माछाका भुरा छाडियो


  • ढोरपाटन संवाददाता
  • मंसिर ११ २०८१, मंगलबार

स्याङ्जा/स्याङजाका खोला तथा नदीहरुमा प्राकृतिक रुपमा रहदै आएका माछाहरुको सन्तुलन कायम राख्नका लागि कालीगण्डकी नदीमा माछाका भुुरा छोडिएको छ ।
माछा मार्ने कार्यबाट आफ्नो जीविकोपार्जन गर्दै आइरहेका बोटे समुुदाय र वातावरणलाई सन्तुलन कायम राख्ने उद्देश्यअनुुरुप नेपालकै पहिलो ठूलो जलबिद्युुत कालीगण्डकी ए, मत्स्य ह्याचरी सेवाले ड्यामसाइड आँधी मुहानमा माछाका भुुरा छोडेको हो ।
प्राधिकरणले स्थापनाकालदेखि मत्स्य ह्याचरी निर्माण गरी माछाका भुुराहरु उत्पादन पश्चात हरेक वर्ष कालीगण्डकी नदीका विभिन्न स्थानमा भुुरा छोड्ने गरेको हो । यसवर्ष तीन लाख ३५ हजार ५ सय शहर, ठाडे, गर्दी र ठेड गरी चार प्रकारका माछाका भुरा छोडिएको हो ।
विगतका वर्षहरुमा १५ देखि २० लाख माछाका भुुरा उत्पादन गरी कालीगण्डकी तथा अन्य खोला नदीहरुमा पठाउँदै आएको प्राधिकरणले यसवर्ष करिब ३० लाख माछाका भुुरा उत्पादन हुने लक्ष्य लिएको कालीगण्डकी जलविद्युत केन्द्रका प्रमुख बाबुराजा महर्जनले जानकारी दिए ।
ड्याम निर्माण हुँदा माछा माथिदेखि तल तथा तलबाट माथि जानेक्रम रोकिने हुँदा माछा हराउँदै जाने समस्या बृद्धि भएको तथा माछाकै भरमा आफ्नो जीविका चलाइरहेका बोटे समुुदायलाई मध्यनजर गर्दै प्राकृतिक रुपमा रहेका माछाहरु कम हुनबाट जोगाउने उद्देश्यले वार्षिक रुपमै नदीमा माछाको भुरा छोड्ने गरेको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->