बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

राष्ट्रिय सहकारी बैंकको २ दिने प्रशिक्षण

राष्ट्रिय सहकारी बैंकको २ दिने प्रशिक्षण


  • ढोरपाटन संवाददाता
  • मंसिर १३ २०८१, बिहिबार

पोखरा/राष्ट्रिय सहकारी बैंकद्वारा पोखरा र लेखनाथ शाखाका सहकारीका संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुको लागि २ दिने सहकारी प्रशिक्षण गरेको छ ।
सहकारी ज्ञान , पदीय जिम्मेबारी , सहकारी आवश्यकता, समस्या पहिचन समाधान,प्रविधि,ऐन नियम सम्बन्धमा जानकारी दिने उद्देश्यले गएको वर्षदेखि देशैभर सहकारी संस्थाका जिम्ेवारीहरुलाई तालिम दिँदै आएको बैंकमा गण्डकी प्रदेश प्रमुख नरेश पाण्डेले बताए ।
प्रशिक्षणमा सहकारी सिद्घान्त अध्यक्ष र व्यवस्थापन प्रमूखको भूमिका, सम्बन्धमा सहकारी प्रशिक्षक सुदीप ढकाल र सकारीमा बचतको अवधारण महत्व,सहकारी सञ्चालन विधि पद्दतिबारेमा तालिम अधिकृत नवकुमार अधिकारीले सहजीकरण गरेका थिए ।
बैंक सञ्चालक समिति सदस्य एवं गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले सहकारीमा सदस्य रहेका १६ हजार तीन सय ६ सहकारीमध्ये जिल्लागत रुपमा बैंक कार्य मूल्याङ्कन आधारमा छनोट भएका संस्थाका जिम्मेवारीमा रहेका व्यक्तिहरुको क्षमता बृद्घि सँगै संस्थागत विकासमा योगदान दिइ ऐन नियमलाई पालना गरी परिणाम दिने सहकारी निर्माणको लागि देशैभर तालिम आयोजना गरिएको बताए ।
बैंकका लेखा समिति सदस्य चन्द्रा पराजुलीको सभापतित्वमा भएको कार्यक्रममा शाखा समन्वय समिति पूर्वसञ्चालक सदस्य सुशील केसी, कास्की मेनेर्जस क्लवका अध्यक्ष मोहन अधिकारी, सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर थापा, संगम सहकारीका व्यवस्थापक बृहस्पति अधिकारी, पिपल्स बचत सहकारीका व्यवस्थापक महेश पोख्रेल पश्चिमाञ्चल स्वास्थ्य सहकारीका व्यवस्थापक उषा गैरे सुवेदी, बचत संघका पूर्व उपाध्यक्ष संगिता तिमिल्सिना,समग्र महिला सहकारीका अध्यक्ष कल्पना भण्डारी, पोखरा शाखा प्रमुख रुक्मत श्रेष्ठ, लेखानाथ शाखा प्रमूख पूर्णिमा पाठकलगायतले तालिमको महत्व माथि भनाइ राखेका थिए ।
कार्यक्रम २ चरणमा सञ्चालित प्रशिक्षणमा ४५ सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुको सहभागिता रहेको थियो । बेैकको हाल ५ अर्ब शेयर पूँजी, २५ अर्ब कर्जा लगानी रहेको छ ।
बैकमार्फत् सहकारी संंस्था सदस्यहरुलाई शिक्षा, तालिमसँगै तरलता, पूँजी व्यवस्थापनमा सहयोग गर्दै आएको छ । कास्कीमा ४८२ सहकारी संस्था बैंकको सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->