बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कलम सहकारीको सम्मान

कलम सहकारीको सम्मान


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०८१, शनिबार

पोखरा/ पोखरा महानगरपालिका–९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्थाद्वारा हालै सम्पन्न पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघको ३१ औं साधारण सभा एवं १२ औं अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा पोखरा उधोग वाणिज्य संघको कार्यसमिति सदस्यमा मनोनित भएका कलम सहकारीका शेयर सदस्य तथा पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका पूर्वसदस्य मनोहरि पौडेललाई सम्मान गरेको छ ।

प्रमुख अतिथि कलम बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार प्रेमवहादुर श्रेष्ठले पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ कास्कीको परिकल्पना स्थापित यस कलम बचत तथा ऋण सहकारी संस्था सम्पुर्ण पुस्तक तथा स्टेशनरी व्यवसायी साझा संस्था भएको हुदा आर्थिक कारोवार गर्दा आफ्नै संस्थामा गर्न आग्रह गर्दे श्रेष्ठले पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघमा आएको नयाँ नेत्रित्वले सम्पुर्ण व्यवसायीको मन जितोस भन्ने कामना गरे । श्रेष्ठले पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका पुर्व सदस्य तथा कलम सहकारीका शेयर सदस्य मनोहरि पौडेल पोखरा उधोग वाणिज्य संघको कार्यसमिति सदस्यमा मनोनित भएकोमा बधाई दिदै यो सम्पुर्ण पुस्तक तथा स्टेशनरी व्यवसायीको लागी खुशीको कुरा रहेको बताए । कार्यक्रममा सहकारकिा निर्वतमान अध्यक्ष तथा सल्लाहकार अर्जुनप्रसाद पोखरेलले सहकारीलाई कसरी राम्रो बनाउने भन्ने कुरा हामी शेयर सदस्यहरुमा नै निर्भर रहने बताउदै निर्वाचित पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका कार्य समिति तथा पोखरा उधोग वाणिज्य संघका सदस्य मनोहरि पौडेलाई बधाई दिए ।

कार्यक्रममा सम्मानित व्यक्तित्व पौडेलले कलम सम्मान गरेकोमा सहकारीलाई धन्यवाद दिदै आफु पुस्तक तथा स्टेशनरी व्यवसायीबाट व्यवसायमा आएको नाताले पनि आफ्नो पुस्तक तथा स्टेशनरी व्यवसायीसँग भावानात्मक सम्वन्ध रहेकाकाले आफ्नो तर्फबाट पुस्तक तथा स्टेशनरी व्यवसायी संघमा तथा कलम सहकारीमा पोखरा उधोग वाणिज्य संघ मार्फत केहि कार्यक्रम ल्याउनको लागी पहल गर्ने बताए । पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका नव निर्वाचित अध्यक्ष गोविन्द गौतमले पुस्तक तथा स्टेसनरी व्यवसायी र कलम सहकारी विच नङ्ग र मासुको जस्तो सम्वन्ध जस्तो रहेको बताउदै आफु पुस्तक तथा स्टेशनरी व्यवसायीका समस्या समाधानमा सक्रिय भएर काम गर्ने बताए ।
सहकारीका अध्यक्ष मनोहरि सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा लेखा परिक्षक रुद्रनाथ पौडेल साहित्यकार शिव त्रिपाठी कलम सहकारीका व्यवस्थापक सन्तोष लामिछाने पोखरा पुस्तक तथा स्टेशनरी व्यवसायी संघका लेखा समिति संयोजक गीता अधिकारी गौतम सहकारीकी सह सचिव बसुन्धरा कोइराला लगाएतले बोलेका थिए । कार्यक्रममा सहकारीका उपाध्यक्ष रमेशराज बराले स्वागत मन्तब्य राखेका थिए भने सहकारीका सचिव लालप्रसाद पाठकले कार्यक्रम सन्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->