बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

पिप्लेमा माटोको परीक्षण, नाइट्रोजनको मात्रा न्यून

पिप्लेमा माटोको परीक्षण, नाइट्रोजनको मात्रा न्यून

परीक्षणको क्रममा नाइट्रोजनको न्यून रहेको र फसपोरसको माध्यम भएकाले आवश्यक प्राविधिक जानकारी गराइएको छ ।


  • हरिकृष्ण गौतम
  • मंसिर १५ २०८१, शनिबार

फाइल तस्बिर

म्याग्दी/उत्पादन क्षमता बढाउन म्याग्दीको रघुगंगा गाउँपालिका–३, पिप्लेमा माटो परीक्षण शिविर सञ्चालन गरिएको छ। रघुगंगा गाउँपालिकाको कृषि शाखाको समन्वय तथा कृषि ज्ञान केन्द्रको आयोजनमा ७० वटा मोटोको नमुना परीक्षण गरिएको थियो ।
शिविरमा माटो जाँचबाट फसपोरस, नाइट्रोजन, अम्लियको अवस्थाका बारेमा परीक्षण गरिनुका साथै माटोलाई जीवित राख्दै उत्पादन बढाउन मलको प्रयोग, मौसम अनुकूलका बाली तथा बाली लगाउने विधिका बारेमा समेत कृषकलाई जानकारी गराइएको कृषि ज्ञान केन्द्रका प्रमुख सञ्जिब बाँस्तोलाले बताए ।
परीक्षणको क्रममा नाइट्रोजनको न्यून रहेको र फसपोरसको माध्यम भएकाले आवश्यक प्राविधिक जानकारी गराइएको छ । नाइट्रोजनको मात्र न्यून भएको अवस्थामा प्राङ्गारिक मलसँगै आवश्यकता अनुसार रासायनिक मलको समेत प्रयोग गर्नुपर्ने कार्यालय प्रमुख बाँस्तोलाको भनाई छ । शिविरमा पिप्ले सहित दग्नाम, भगवतीलगायत अन्य बस्तीहरुबाट समेत प्राविधिकको टोलीले माटो संकलन गरी परीक्षण गरिएको थियो ।
एक दिने शिविरमा कृषि ज्ञान केन्द्रकी कृषि प्रसार अधिकृत गंगा लामिछाने, रघुगंगा गाउँपालिका कृषि शाखा प्रमुख दिपक जोशी, कृषि ज्ञान केन्द्रका प्राविधिक श्यामसरण कुर्मी लगायतको प्राविधिक टोलीले माटोको अवस्था के छ र कुन ठाउँमा कस्तो उर्वराशक्ति छ लगायत विभिन्न जानकारी समेत कृषकलाई दिएको थियो ।
शिविरमा सहभागी कृषकले माटोको परीक्षणबारे जानकारी भएपनि खेतबारीको माटोको अवस्थाबारे पहिलोपटक जानकारी पाउँदा खुसी लागेको बताएका थिए । म्याग्दीमा माटो सुहाउँदो उत्पादन नहुदाँ कृषकले लगानी अनुसारको प्रतिफल प्राप्त नगरिरहेको अवस्थामा माटो परीक्षण सहित सचेतनामुलक कार्यक्रमको आवश्यकता रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->