पोखरा/घरायसी विद्युती सामान उत्पादक बेटरले तेह्रौं संस्करणको पोखरा महोत्सवमा मुख्य प्रायोजकको भूमिकामा रहेर साथ दिने भएको छ । युनाइटेड क्लब पोखराको आयोनजामा आगामी पुसको २५ देखि माघको ७ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने तेह्रौं संस्करणकोे पोखरा महोत्सवलाई बेटरले मुख्य प्रायोजकको रुपमा रहेर साथ दिने भएको हो ।
बेटरको तर्फबाट पोखराको नयाँबजारमा कर्पोरेट अफिस रहेको रवि एण्ड सन्नी इन्डष्टीज प्रालिका डाइरेक्टर सन्नी रौनियार र महोत्सव आयोजक युनाइटेड क्लबका अध्यक्ष लोकबहादुर थापाले महोत्सवको मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।




