पोखरा/निलगिरी बोर्डिङ स्कूलको ३६ औं वार्षिकोत्सव तथा अभिभभावक दिवस सम्पन्न भएको छ ।
कार्यक्रममा २०८० सालको एसइई परीक्षामा विद्यालयको तर्फबाट सर्वोत्कृष्ट जीपीए हासिल गरेका एक छात्र र एक छात्रालाई निलगिरी विद्यापदकले सम्मान गरिएको थियो । सम्मानित हुनेमा एन्जल अधिकारी र नयन त्रिपाठी रहेका छन् । उनीहरुलाई आजर्ना स्मृति फाउण्डेशनका तर्फबाट जनही दश हजार नगद र प्रशंसा–पत्रले सम्मान गरिएको थियो ।
छात्रवृत्ति आर्जना स्मृति अक्षयकोषका संरक्षकद्वय दीलिप दोषी र नीरा श्रेष्ठले प्रदान गरेका थिए । सो कार्यक्रममा शैक्षिक वर्ष २०८० मा तहगत रुपमा सर्वोत्कृष्ट अंक हासिल गर्ने ३ जना विद्यार्थीहरु अरविन पौडेल, आरुसी गोतामे र सुहानी मगरलाई सम्मान गरिएको विद्यालयले जनाएको छ ।
शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यको प्रमुख आतिथ्यता,विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष रामु गुरुङको अध्यक्षतामा सम्पन कार्यक्रममा विद्यालयका संयोजक वसन्त सिग्देलले शैक्षिक प्रतिवेदन पेश गरेका सह–प्राचार्य अमृत सुवर्णकार जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले विद्यार्थीहरुमा अध्ययनका लागि मेहनत नगर्ने बानीको विकास हुँदै गएका कारण शिक्षामा राज्यले गरेको लगानीको प्रतिफल नआएको जिकिर गरे । विद्यार्थीहरुको वैदेशिक शिक्षाप्रतिको मोहले देशको समग्र शैक्षिक प्रणालीनै प्रभावित भएको उनको भनाइ थियो ।
विद्यालय व्यवस्थापन समितिकी अध्यक्षगुरुङले अभिभावकहरुलाई आफ्ना छोराछोरीको शैक्षिक गतिविधि र विकासमा विशेष ध्यान पु¥याउन आग्रह गरिन् ।कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, अभिभावक हरिकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।





