स्याङ्जा/स्याङ्जाको ग्रामिण बस्तीमा क्षयरोगीको संख्या अत्याधिक देखिएको छ । भीरकोट नगरपालिका–१ बयघारीमा गरिएको क्षयरोग परीक्षण शिविरमा ११ जना क्षयरोगका बिरामी फेला परेसँग यहाँ क्षयरोगीको संख्या धेरै रहेको अनुमान गरिएको हो ।
क्षयरोग खोजपडताल स्वास्थ्य जाँच निःशुल्क स्वास्थ्य शिविरमा २.४ प्रतिशत क्षयरोगका बिरामी फेला परेका हुन् । यहाँ उपचारको लागि आएका ४ सय ५० जनामा क्षयरोगका बिरामी भेटिनु अत्याधिक रहेको हो ।
भीरकोट नगरपालिका र जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था(जन्त्र)को आयोजना, जिल्ला स्वाास्थ्य कार्यालय र क्षयरोग उपचार केन्द्र पोखराको को समन्य तथा सहकार्यमा निःशुल्क क्षयरोग परीक्षण गरिएको हो ।
एआई पद्धतिको डिजिटल पोर्टेवल अत्याधुनिक मेसिन प्रयोग गरी विशेषज्ञ डाक्टर र स्वास्थकर्मीको टोलीले उपचार गरेको हो । दिर्घरोगी, बयोबृद्ध र क्षयरोगीको सम्पर्कमा आएकालाई लक्षित गरेर शिविरको आयोजना गरेको बताउँदै जन्त्र परियोजना अधिकृत भावना पोखरेलले संकास्पद ३९ जनाको खकार नमुना परीक्षणको लागि जिनएक्पर्ट ल्याब लगिएको जानकारी दिइन् ।
क्षयरोग लागेको छ वा छैन गाउँमै अत्याधुनिक मेसिनबाट उपचार पाएको बताउदै वडा नं –का ६८ वर्षीय इसारा एसकेले यस्ता शिविर हरेक गाउँमा लगेमा क्षयरोगीको संख्या घट्ने बताइन् । निःशुल्क उपचारले आफ्ुमा क्षयरोग भए नभएको थाहा पाएको बताइन् ।
स्वास्थ्य परीक्षणलाई हेर्दा क्षयरोगी गाउँ गाउँमा लुकेर बसेको र यसको निदानको लागि गतीविधि बढाउनु पर्ने आवश्यकता रहेको जिल्ला क्षयरोग अधिकृत बिष्णु सुबेदीले बताए ।
यहाँ डा. प्रमोद भट्राईको नेतृत्वमा १२ जनाको स्वास्थ्यकर्मी टोलीले क्षयरोग परीक्षण गरेको थियो । भीरुकोट, अर्जुनचौपारी, पुलतीबजारका गाउँ गाउँबाट क्षयरोग परीक्षणको लागि सेवाग्राही शिविरमा आएका थिए ।




