बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

दर्शनमा सहकारी क्षमता बिकास कार्यक्रम

दर्शनमा सहकारी क्षमता बिकास कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • मंसिर २१ २०८१, शुक्रबार

पोखरा/ दर्शन बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा पोखरा १७ मा रहेको नेपाल ठकुरी संगम परिवार कास्कीको हलमा सहकारी संबन्धी क्षमता बिकास कार्यक्रम शुक्रबार सुरु भएको छ ।

सहकारीको बारेमा चेतना फैलाउन सहकारी अभिमुखिकरण कार्यक्रम गरेको अध्यक्ष राजाराम शाहीले जानकारी दिए । कार्यक्रममा प्रशिक्षक सहकारीविज्ञ चन्द्रबहादुर ठकुरीले सहकारी हरेकको आवश्यकता भएको बताउदै कार्यक्रम अवधिभर सहकारीको अवधारणा सम्बन्धी कुराहरु जानकारी गराए । ठकुरीले सहकारीको सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, ऋण तथा लगानी समितिका काम, कर्तव्य तथा सहकारी ऐनका बारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रममा नेपाल ठकुरी संगम परिवार कास्कीका अध्यक्ष शेरबहादुर उचै , नेपाल ठकुरी महिलाका अध्यक्ष सरस्वती हमाल, नेपाल ठकुरी भुपु परिवार कास्कीका अध्यक्ष फमसिंह नेपाल, दर्शन बचत तथा ऋण सहकारीका सञ्चालक समिति, लेखा तथा सुपरिवेक्षण समिति, ऋण तथा लगानी समिति लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->