म्याग्दी/जिल्लाको सदरमुकाम बेनीमा सञ्चालित लोकदीप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
२०७१ सालमा स्थापना भएको सहकारीमा शेयर पुँजी एक करोड ७० लाख ४१ हजार नौसय, बचत नौ करोड ३५ लाख २७ हजार पाँचसय ६७ र लगानी नौ करोड ८० लाख ४७ हजार ८० रुपैयाँ रहेको छ ।
साधारणसभामा संस्थाका सचिव अर्जुन पौडेलले प्रगति प्रतिवेदन,कोषाध्यक्ष भीमनाथ शर्माले आर्थिक र लेखा तथा सुपरिवेक्षण समिति संयोजक खोमराज पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाको अवसरमा उत्कृष्ट कारोबारतर्फ एरिका शर्मा, दैनिक बचततर्फ धनकुमारी पूर्जा, असल ऋणी धनमाया कार्की, मासिक बचततर्फ तिलु शर्मा र मोबाइल वालेट कारोबारमा जितबहादुर पाईजालाई सम्मान गरिएको प्रबन्धक नेत्रराज सुबेदीले जानकारी दिए ।
सहकारीका सदस्यले नियमित डिजिटल माध्यमबाट भुक्तानीलाई प्रोत्साहन सहित सहकारी शिक्षालाई प्राथमिकता दिएको छ । साधारणसभाको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले सहकारी संघसंस्थाहरु सहकारीको सिद्धान्त, नीतिनियम र मूल्यमान्यता अनुसार सञ्चालन हुनुपर्ने बताइन् ।

कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष हरिकृष्ण शर्मा गौतम, अनुगमन उपसमिति सदस्य रुद्रप्रसाद सुवेदी र शेयर सदस्य मोहन बानियाँले शुभकामना मन्तव्य व्यक्त ब्यक्त गरेका थिए ।
साधारणसभामा उद्घाटनसत्रको कार्यक्रम संस्थाका अध्यक्ष प्रमिला जोशी श्रेष्ठले सहकारीको माध्यमबाट समुदायमा सहयोग तथा बचतकर्ताको सुरक्षासहित वालेटको प्रयोग गरी घरबाटै आर्थिक कारोबार गर्ने गरी सहकारीले सेवा प्रवाह गरिरहेको बताइन् ।
बालबालिकादेखि बृद्धबृद्धासम्मलाई सहकारीमैत्री वातावरण बनाउन सफल भएको बताउँदै आगामी दिनमा समेत समाजमा स्थापित सहकारीको रुपमा लैजाने बताइन् । सहकारीकी अध्यक्ष जोशीको अध्यक्षता, उपाध्यक्ष देवेन्द्र पौडेलको स्वागत र सचिव अर्जुन पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।





