शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

मानसिक रोगीसहित कैदीबन्दी एकै ठाउँमा !

मानसिक रोगीसहित कैदीबन्दी एकै ठाउँमा !


  • अर्जुन काफ्ले
  • मंसिर २४ २०८१, सोमबार

स्याङ्जा/जिल्ला कारागार स्याङ्जामा मानसिक रोगीसहित कैदीबन्दी एकै ठाउँमा राखिएको भेटिएको छ । ७६ औ अन्र्तराष्ट्रिय मानवअधिकार दिवसको सन्र्दभमा आइतबार जिल्ला कारागार निरीक्षणको क्रममा यस्तो भेटिएको हो । मानसिक रोगी कैदीबन्दी फरक ठाउँमा राख्नु पर्नेमा सँगै राखिएको भेटिएको हो ।
यहाँ ६५ जना क्षमताको कारागारमा पाँच महिलासहित १४७ रहेकोमा ६ जना मनासिक रोगी बिरामी रहेका छन् । इन्सेक गण्डकी प्रदेश प्रमुख शिव खकुरेलले धेरै बन्दी र दिर्घरोगी समेत राम्रो ब्यवस्था नभएको बताए ।
मुख्यमन्त्री कार्यालयको निर्णय अनुसार तीनदिने अभियानअन्र्तगत पहिलो दिन कारागार निरीक्षण गरिएको खकुरेलको भनाई थियो । कारागरामा भौतिक संरचना पुरानो बसाईमा समस्या रहेको कैदीबन्दीले गुनासो गरेका थिए ।
निरीक्षणमा बन्दीहरुले कसैले कैद छुट पाउने र कसैलाई नदिने जस्तो सरकारले बिभेद गरेको गुनासो गरेका थिए । बन्दीहरुले नक्कली जन्मदर्ता बनाएर बालकलाई फसाएको समेत गुनासो समेत गरेका थिए । कारागार निरीक्षण इन्सेक प्रमुख खकुरेलको नेतृत्वमा मुख्यमन्त्री कार्यालयका कानुन महाशाखाका उपसचिव शालिकराम रेग्मी सहितको टोलीले गरेको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->