बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

२५ मेगावाट दरबाङ म्याग्दीखोला जलविद्युत दुई वर्षमा परीक्षण उत्पादन गर्ने प्रतिबद्धता

२५ मेगावाट दरबाङ म्याग्दीखोला जलविद्युत दुई वर्षमा परीक्षण उत्पादन गर्ने प्रतिबद्धता

निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाको समस्यालाई समेत समाधान गर्नुपर्नेमा सरोकारवालाको जोड ।


  • हरिकृष्ण गौतम
  • मंसिर २४ २०८१, सोमबार

म्याग्दी/पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनालाई कम लागतमा आगामी दुई बर्षभित्र परीक्षण उत्पादन गर्ने आयोजना पक्षले प्रतिबद्धता जनाएको छ ।
दरबाङमा आयोजित प्रारम्भीक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनुवाइ कार्यक्रममा आगामी बैशाख महिनाभित्र सुरूङ थिचोल्दै ब्रेक थ्रु गर्ने गरी सिभिलतर्फको काम दुई सिफ्टमा गर्ने गरी जनशक्ती ब्यवस्थापन गरिएको आयोजना पक्षको भनाई थियो।
सार्वजनिक सुनुवाईको उद्घाटन गदैं गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले समुदायलाई फाइदा हुने गरी समयमै आयोजनाको काम सम्पन्न गर्न अनुरोध गरेका थिए । मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले निर्माणधिन अवस्थामा रहेका जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाको समस्यालाई समेत समाधान गर्नुपर्ने बताए ।
धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, मालिका–१ निस्कोटका वडा अध्यक्ष टंकबहादुर पुन, मालिका–६ का पथबहादुर रोका र वडा नं ७ का टक बहादुर पुनले प्रभावित क्षेत्रका जनताको गुनासोलाई सम्बोधन गर्न अनुरोध गरेका थिए । सुरुङमा विष्फोट गर्दा आसपासमा हुने असर, खानेपानीको मुहान सुक्न सक्ने अवस्थलाई ध्यान दिन स्थानीय समुदायले आयोजना पक्षको ध्यानार्कषण गराएका थिए ।
म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले तोकिएको समयमा आयोजना सम्पन्न हुँदा लगानीकर्तालाई फाइदा हुने बताए । प्रतिमेगावाट १७ करोड लागतमा सम्पन्न गर्ने प्राविधिक मुल्याङ्कन निकै सस्तो र लगानीकर्तालाई समेत सहज हुने अन्य बक्ताहरूको भनाइ थियो ।
सार्वजनिक सुनुवाईमा परामर्शदाता संस्था इन्भारोमेन्ट पार्टनर्स प्रालिका प्रमुख शंकर बस्यालले आयोजनाबाट समुदायको बस्तीमा असर नगर्ने बताएका थिए । धौलागिरी कालिकाका सञ्चालक तथा अध्यक्ष विनोद कुँवरले मजदुर, उपकरण र निर्माण सामग्रीको कुनै समस्या नहुने गरी अबको दुई बर्षमा परीक्षण उत्पादन गर्ने बताए ।
सार्वजनिक सुनुवाईमा आयोजनाका प्रबन्ध निर्देशक हर्कमान मगर, सञ्चालक समिति सदस्य चित्रबहादुर पुनले आयोजना क्षेत्रमा हाल भइरहेको प्रगतिका बारेमा जानकारी गराएका थिए । दरबाङ म्याग्दीखोला जलविद्युत् आयोजनाको मालिका–५ देवीस्थान,७ बिमको सिमानामा पर्ने इल्पुमा बाँध रहने आयोजनाको सुरुङमार्गबाट ल्याइने पानीलाई दुखुबेँसीमा रहने आउटलेटबाट बालौटेमा निर्माण हुने विद्युत्गृहमा खसालेर विद्युत् उत्पादन गर्ने तयारी छ ।
पाँच अर्ब १५ करोड कूल लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत प्रवद्र्धक र सर्वसाधारणको सेयर लगानी रहनेछ । ३० प्रतिशत संस्थापक र साधारण शेयर तथा ७० प्रतिशत वित्तीय संस्थाको लगानीमा आयोजना निर्माण भइरहेको छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले मालिका गाउँपालिका–७ विमदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने १३२ केभी क्षमताको प्रसारण लाइनमार्फत केन्द्रीय प्रसारणमा जोडिनेछ । हिउँदको चार महिना प्रतियुनिट आठ रुपैयाँ ४० पैसा र वर्षायामको आठ महिना प्रतियुनिट चार रुपैयाँ ८० पैसामा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री हुने सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->