बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँ आए कुलमान, गरे जलविद्युत् आयोजनाको अनुगमन

तनहुँ आए कुलमान, गरे जलविद्युत् आयोजनाको अनुगमन


  • ढोरपाटन संवाददाता
  • मंसिर २५ २०८१, मंगलबार

तनहुँ / नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको अनुगमन गरेका छन् ।

निर्देशक घिसिङले ऋषिङ गाउँपालिकामा निर्माणाधीन आयोजनाको स्थलगत अनुगमन गरी कामको प्रगति र समस्याका बारेमा जानकारी लिएका हुन् । अनुगमनका क्रममा उनले आयोजनाको कामलाई निर्धारित समयमा सक्नेगरी तीव्रता दिन आग्रह गरे ।

कार्यकारी निर्देशक घिसिङलाई तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले भौतिक तथा आर्थिक प्रगतिबारे जानकारी दिए । चरण एक अन्तर्गत बाँधसहित संरचना निर्माण भइरहेको छ । यो प्याकेजको काम सोङ्दा कालिका जेभीले गरिरहेको छ । यस अवधिसम्ममा समग्र निर्माण प्रगति ३५ दशमलव सात प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ ।

मुख्य बाँध निर्माणअन्तर्गत एक सय ४० मिटर अग्लो बाँध बनाउन पूर्वतयारी सुरु गरिएको छ । बाँधको जग निर्माणस्थलमा जम्मा भएको पानी फाल्ने र टावर क्रेन जडान गर्ने कार्य सम्पन्न भएको छ । बाँध निर्माणस्थलको तल्लो तटीय क्षेत्र सफा गर्न, ड्रिलिङ, ग्राउटिङलगायत कार्य जारी छन् ।

आयोजनाको चरण दुई अन्तर्गत विधुत गृह तथा सम्बन्धित उपकरणमा सिनो हाइड्रोले काम गरिरहेको छ । जसमा ६३ दशमलव पाँच प्रतिशत प्रगति भएको बताइएको छ ।

चरण तीन को प्रसारण लाइनअन्तर्गत दमौली भरतपुर दुई सय २० केभी ३४.७ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ टावरमध्ये ७८ टावरको जग हाल्ने र ६९ वटा टावर जडान कार्य सम्पन्न भएका छन् । यो चरणमा ७३ दशमलव ६ प्रतिशत भौतिक प्रगति भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->