बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चको चित्रकलामा जैसी प्रथम

छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चको चित्रकलामा जैसी प्रथम


  • ढोरपाटन संवाददाता
  • मंसिर ३० २०८१, आइतबार

पोखरा / छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चले छोरेपाटन माध्यमिक विद्यालयमा आयोजना गरेको खुल्ला चित्रकला प्रतियोगितामा सम्भवी जैसी प्रथम भएकी छन् । प्रतियोगितामा कक्षा ६ देखि १२ सम्मका विद्यार्थी सहभागी भएका थिए ।
निर्णायक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पुर्व प्राज्ञ सदस्य नगेन सिं ठकुरीले जलवायु परिवर्तनका असर र चुनौतीहरु विषयमा विद्यार्थीले वनाएको चित्रको खुल्ला रुपमा विद्यार्थी कै अगाडि कुन चित्र के कारणले उत्कृष्ट भयो भन्ने वताउँदै घोषणा गरेका थिए । त्यसैगरी कक्षा ८ (सी) रोल नं. ११ की अनुष्का पंगेनी दोश्रो र कक्षा १२ (इ) रोल नं. ७३८ का सुवित गिरी तेश्रो भएका थिए ।

प्रथमः दितिय र तृतियलाई क्रमशः ३ हजार, २ हजार र १ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिने छ भने सहभागि सबैलाई सहभागिताको प्रमाण पत्र दिइे कार्यक्रम संयोजक छविलाल पनेरुले वताए । त्यसै गरी नगेन आर्ट एकेडेमीका अध्यक्ष तथा निर्णायक प्राज्ञ नगेन सिंह ठकुरीले उत्कृष्ठ ३ जनालाइ आफ्नो एकेडेमीमा २५ प्रतिशत छुट दिने घोषणा पनि गरेका थिए ।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक डिल्लिराम शर्मा, सहायक प्रधानाध्यापक खेमराज बराल ध्रुब, छोरेपाटन मावि भूपू विद्यार्थी मञ्चका अध्यक्ष कृष्ण रानाभाट, सदस्य गणेश जिसी, विजय पौडेल लगाएतले प्रतियोगितामा भाग लिने विद्यार्थीहरुलाई धन्यवाद दिदैं विद्यार्थीहरुलाई पढाईको साथ साथै अतिरिक्त क्रियाकलापहरु पनि गर्नुपर्ने वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->