बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

एनटीएचएमसी र काठमाडौं विश्वविद्यालयबीच समझदारी

एनटीएचएमसी र काठमाडौं विश्वविद्यालयबीच समझदारी


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०८१, बुधबार

पोखरा/नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटीएचएमसी) र काठमाडौ विश्व विद्यालय स्कुल अफ म्यानेजमेबीच आपसी हित र संस्थागत विकासको प्रवर्धन गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
पोखरा महानगरपालिका वडा नं १४ छिनेडाँडामा रहेको नेपालको पहिलो होटल म्यानेजमेन्ट, कलेज र केयुएसओएमबीच शैक्षिक, अनुसन्धान र व्यावसायिक गतिविधिहरुमा सहकार्य गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
दुबै संस्थाबीच पुस २ गते भएको सहकार्यको मुख्य उद्देश्य एक अर्को संस्थाको संस्थागत शक्ति, अनुभव र स्रोतहरुको प्रयोग गरी व्यावसायिक व्यवस्थापनमा जोड दिइएको छ । स्रोत, अभ्यासहरुको विकास र उपयोगमा योगदान पुर्याउन साझेदारी ढाँचा स्थापना गरिने भएको छ ।
साझेदारी कार्यक्रमका लागि नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजको तर्फबाट कलेजका अध्यक्ष अशोक पालिखे र प्राचार्य प्रकाश रेग्मी तथा काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको तर्फबाट डीन प्रो. डा. विजय के.सी.ले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->