बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बेनी नगरपालिकामा थपिए १ करोड ६० लाखका ४० नयाँ योजना, २८ योजना संसोधन

बेनी नगरपालिकामा थपिए १ करोड ६० लाखका ४० नयाँ योजना, २८ योजना संसोधन


  • हरिकृष्ण गौतम
  • पुष ४ २०८१, बिहिबार

म्याग्दी/बेनी नगरपालिकाको १६ औं नगरसभाबाट १ करोड ६० लाख बजेट विनियोजन गरेको छ । बिहिबार नगरपालिकाको सभाहलमा आयोजित नगरसभामा वडाका योजना तथा कार्यक्रमको बजेट समेत शंसोधन गरी ४० नयाँ योजना र संसोधित २८ योजनामा बजेट विनियोजन गर्दै पारित गरेको हो । नगरप्रमुख सुरत केसीको अध्यक्षतामा भएको नगरसभामा वडासमितिबाट छनोट भई सिफारिस भएका योजनालाई न्यूनतम ९ लाख ५० हजार हजारदेखि ६ लाखसम्म बजेट विनियोजन गर्दै पारित भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए ।
नगरसभाबाट सडक मर्मत, पदमार्ग, बस्ती संरक्षण, स्वास्थ्यचौकी मर्मत, विपन्न आवास विस्तार,नाली तथा शैचालय निर्माण लगायतका विभिन्न योजनाहरू रहेका छन् । नगरसभामा नगरस्तरीय सम्भाब्यता अध्ययनका लागि ९ लाख ५० हजार, विपन्न आवास निर्माणमा ५ लाख सहित समपुरक कोषमा समेत बजेट विनियोजन गरिएको छ । नगर उपप्रमुख ज्योति लामिछाने पौडेलले वडास्तरीय योजना कार्यान्वय नभएकालाई समेत संशोधन गरेर नयाँ योजना छनोट गरी पारित गरेको बताइन् ।
संशोधित योजनाहरूमा वडास्तरीय विकास निर्माण, आयआर्जन, पदमार्ग, विपद्जन्य सहयोगका साथै शिक्षा, स्वास्थ्य र समुदायस्तरबाट गरिएको मागमा आधारित रहेको छ । नगरसभामा ६ वटा विषयगत समिति आर्थिक, सामाजिक, पूर्वाधार, सेवाप्रवाह तथा शुसासन, बन तथा वातावरण तथा विपद् समिति र न्यायिक समितिले आफ्नो कार्यप्रगति प्रस्तुत गरेका थिए । नगरसभामा सम्बोधन गदैं नगर प्रमुख केसीले वडास्तरबाट प्राथमिकतका साथ आएका योजनाहरूलाई पारित गरिएको बताउँदै बजेट कार्यान्वयन समेत सन्तोषजनक हुनुपर्ने बताए । नगरसभा सदस्यले बजेट विनियोजन तथा विविध विषयमा आफ्नो भनाई राखेका थिए ।


म्याग्दीको बेनी नगरपालिकाले सोह्रौँ नगरसभाको अवसरमा उत्कृष्ट कर्मचार, शिक्षक, विद्यालय, टोल विकास संस्था र करदातालाई सम्मान गरेको छ । विहिवार आयोजित नगरसभामा नगरप्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा लगायतले सम्मान गरेका हुन् ।
नगरपालिकाले शिक्षा अधिकृत कमल प्रसाद ढकाल, सहायक पाँचौ चन्द्रदत्त शर्मा, अशिष्टेन्ट सब इन्जिनियर सुनिल श्रेष्ठ, भकिम्ली स्वास्थ्य चौकीका सिनियर अनमी तारा बुढाथोकी, बेनी नगरपालिका– ७ का कार्यालय सहयोगी प्रकाश पुनलाई उत्कृष्ट कर्मचारीको रुपमा नगद रु ५ हजार सहित सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गरेको हो ।त्यसैगरि प्रकाश माविका प्रअ लेखबहादुर हमाललाई उत्कृष्ट शिक्षक र राष्ट्रिय मावि नेप्टेचौरकी प्रअ तारादेवी चोखाललाई उत्कृष्ट महिला शिक्षकको रुपमा जनही नगद रु ५ हजारको साथमा दोसल्ला र प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो ।त्यसैगरि उत्कृष्ट जिपिए ल्याउने विद्यालयहरुमध्ये सामुदायिकतर्फ प्रकाश मावि र संस्थागततर्फ लिटिल गार्डेन एकेडेमी, बेनी नगरपालिकामा सबैभन्दा बढी कर तिर्ने बेनी निवासी मिठु कुमारी श्रेष्ठ र उत्कृष्ट टोल विकास संस्थाको रुपमा विरेन्द्रचोक टोल विकास संस्थालार्य प्रसंसापत्रद्धारा सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->