सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

रेशमा आँखा शिविर : ११० जना बिरामी लाभान्वित

रेशमा आँखा शिविर : ११० जना बिरामी लाभान्वित


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०८१, शुक्रबार

बागलुङ/धौलागिरी अस्पताल र लायन्स क्लब अफ बाग्लुङ टाइगर टिमको आयोजन, बाग्लुङ उद्योग वाणिज्य सङ्घको सहजीकरण र ७ नम्बर वडा कार्यालय रेशको समन्वयमा रेशमा एक दिवसीय निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
उक्त शिविरमा ११० जना बिरामीको आँखा जाँच गरिएको धौलागिरी अस्पतालमा कार्यरत आँखा रोग विशेषज्ञ डा. एलिना सापकोटाले जानकारी दिएकी छिन । आँखामा मोतिविन्दु लगायतका विभिन्न समस्याहरू देखिएको र मोतिबिन्दुको अपरेसन लगायतको अन्य थप उपचारका लागि धौलागिरी अस्पतालमा व्यवस्थापन मिलाएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. किरण तिवारीले बताए ।
शिविरको उद्घाटन गर्दै अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण प्रसाद शर्मा पौडेलले अस्पतालमा धेरै विभागहरू मार्फत बिरामीहरूको सेवा प्रदान गर्दै आइरहेकाले धौलागिरी अस्पतालमा ढुक्क भएर सेवा लिनको लागि सबैमा अनुरोध गरेका छन् । शिविरमा आँखाको सरसफाई कसरी गर्ने र आँखालाई सुरक्षित कसरी राख्ने विषयमा अभिमुखीकरण गरिएको थियो । उक्त शिविरमा लायन्स क्लब अफ बागलुङ टाइगर टिमका सदस्य हरूले स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए ।
काठेखोला गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष प्रेम बहादुर जिसीले आफ्ना वडा बासीहरूको स्वास्थ्य लगायतको विषयमा आफू गम्भीर रहेको र सोई अनुसार यो शिविरको समन्वय गरेको जानकारी गराएका थिए । वडा अध्यक्ष जिसीको अध्यक्षता र बाग्लुङ उधोग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलको सञ्चालन रहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->