बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

माछापालनमा जोडिदै गुँदे सहकारी

माछापालनमा जोडिदै गुँदे सहकारी


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०८१, शनिबार

पोखरा/कास्कीको पोखरा महानगरपालिका वडा नं २६ मा रहेको रहेको गुँदे वातावरण संरक्षण तथा मत्स्य सहकारीले सेयर सदस्यको आयआर्जनमा सहयोग पुग्ने गरी माछापालनलाई अगाडी वढाउने भएको छ ।
सहकारीको शनिबार सम्पन्न पाँचौं वार्षिक साधारण सभाका बक्ताहरुले वडाभित्र रहेका तीनवटा तालको उचित रुपमा संरक्षण गर्दै यस क्षेत्रको पर्यटन विकास सँगसँगै आय आर्जनका लागि स्थानिय निकाय र समुदायको सहकार्यमा माछा पालनलाई अगाडी वढाउन पर्ने सुझाव राखेका हुन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले विगतका दिनमा जे जस्ता समस्य आए पनि अवका दिनमा नीति र नियमको परिधिमा रहेर तालको संरक्षणदेखि यसको उपयोगमा सहकारी र वडाबीच आपसी समन्वयको आवश्यकता रहेको वताएका थिए ।
लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले माछा पालनलाई व्यवसायी बनाएर कास्कीलाई पुग्ने माछा यहाँ रहेका तालवाट उत्पादन गर्न सकिने सुझाव राखेका थिए भने जिल्ला सहकारी संघ कास्कीका उपाध्यक्ष छविलाल लामिछानेले ठाउ विशेषलाई मध्यनजर राख्दै एक सहकारी एक उत्पादनमा तर्फ अग्रसर हुनु पर्नेमा जोड दिएका थिए ।
गुँदे वातावरण संरक्षण तथा मत्स्य सहकारीका अध्यक्ष वामदेव ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा खाष्टे मत्स्य कृषि सहकारी सस्थाका अध्यक्ष हरिप्रसाद अधिकारी,गुँदेताल मत्स्य विकास संरक्षण समितिका अध्यक्ष सूर्यनाथ भण्डारी र सेयर सदस्यहरुको तर्फबाट दीपक भण्डारीलगायतले स्थानीय निकाय र यहाँ रहेका सामाजिक संघ संस्थाकाबीच सहकार्य हुन सके जुनसुकै विकास निर्माणका कामले पनि सार्थकता पाउने विश्वास दिलाएका थिए ।
सस्थाका सचिव वद्रिनाथ ढुगानाको संचालन रहेको कार्यक्रममा स्वागत मन्तब्य कार्यसमिति सदस्य सरस्वती ढुगानाले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->