शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

माओवादी केन्द्रको गल्याङ नगर अध्यक्षमा थापा

माओवादी केन्द्रको गल्याङ नगर अध्यक्षमा थापा


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०८१, शनिबार

स्याङ्जा/नेकपा माओवादी केन्द्रको खबरदारी सभा तथा गल्याङ नगरपालिकाको तेस्रो अधिबेशनले दुर्गाबहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
कमिटीको उपाध्यक्षहरुमा ज्योति भट्टराई, त्रिलोचन गौडेल र भूमकला न्यौपाने चयन भएका छन् । सचिवमा सुनिता सिंजाली, सहसचिबमा दुर्गा श्रीस मगर र कोषाध्यक्षमा लोकबहादुर बराल चुनिएका छन् । भ्रष्टाचारीहरुलाई जोगाउन महागठबन्धनकारी सरकार गठन भएको र त्यही खालका गतिविधिहरु भइरहेको भन्दै माओवादी केन्द्रले खबरदारी सभा गरेको हो ।
गल्याङबजारमा भएको खबरदारी सभामा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा माओवादी केन्द्रका स्याङ्जा जिल्ला इञ्चार्ज शैलेन्द्र घिमिरेले वर्तमान सरकार भ्रष्टाचारीहरुलाई जोगाउनका लागि मात्रै गठन भएको जिकिर गरे ।
सहकारी प्रकरणमा रवि लामिछाने पक्राउ गर्दा धनराज गुरुङ र एमालेका नेताहरु पक्राउ नगरिनुमा सरकार आफ्नालाई मात्रै जोगाउने योजनामा छ भन्ने कुरा स्पष्ट भएको पनि उनले बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र स्याङ्जा जिल्ला अध्यक्ष लोकेन्द्र थापाले सरकारको गतिविधिकै कारण जनमत अहिले माओवादीको पक्षमा आएको बताए । कांग्रेस र एमालेकै कारण युवा पलायन, बेरोजगारी, वैदेशिक ऋण बृद्धि तथा देशको समग्र अवस्था नै खराब बन्दै गएको उनको भनाइ छ ।
खबरदारी सभामा माओवादी केन्द्रका गल्याङ नगर कमिटिका निवर्तमान अध्यक्ष चित्रबहादुर राना, नवनिर्चाचित अध्यक्ष दुर्गाबहादुर थापा, उपाध्यक्ष ज्योति भट्टराई लगायतले पनि बोलेका थिए ।
देशमा भ्रष्टाचार र बेथिति बढ्दै गएको भन्दै माओवादीले देशभर नै सरकार विरुद्ध खबरदारी सभा गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->