बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

दियालो कृषि सहकारीको १३ औं वार्षिक साधारण सभा

दियालो कृषि सहकारीको १३ औं वार्षिक साधारण सभा


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०८१, आइतबार

पोखरा/ दियालो कृषि सहकारी संस्था लिमिटेड पोखरा–२५ हेमजाको १३ औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाको २०८०÷०८१ सम्म शेयर पुँजी ३ करोड १ लाख २८ हजार ५ सय, निक्षप संकललन ४ करोड ३६ लाख १ हजार ७ सय ९२ रुपैया र ऋण लगानी ५ करोड ६९ लाख ९५ हजार ४ सय २७ रुपैया रहेको छ ।

साधारण सभाले संस्थाका सचिव वेदराज त्रिपाठी, कोषाध्यक्ष राजेश त्रिपाठी, ऋण उपसमिति संयोजक कुलप्रसाद त्रिपाठी, लेखा समिति संयोजक प्रकाशचन्द्र त्रिपाठीलेले प्रस्तुत गरेको प्रतिवेदन पारित गरेको थियो । संस्थाले शेयर सदस्यहरुलाई व्यवयसायिक बनाउने निति अनुसार ९ प्रतिशत व्याजदरमा कृषि तथा व्यवसाय कर्जा प्रदान गर्ने अध्यक्ष मोहन प्रसाद त्रिपाठीले जानकारी दिए । ‘विशेष गरि संस्थाका शेयर सदस्यलाई नै लक्षित गरेर सञ्चालक समितिले कम व्याजदरमा कर्जा प्रवाह गर्ने निर्णय गरेको हो’ त्रिपाठीले भने, ‘कृषि पेशलाई व्यवसायिक बनाउनका लागि संस्थाको शेयर सदस्यहरुले यो सुविधा लिनुहोस् ।’ शेयर सदस्यलाई वार्षिक रुपमा बोनस मात्र नभई अन्य सेवाहरुबाट सुविधा दिने लक्ष्य संस्थाको रहेको उनको भनाई थियो । उनले आफ्नो कारोवार आफ्नै सहकारी मार्फत गर्न सम्पूर्ण शेयर सदस्यहलाई आग्रह गरे ।

कार्यक्रममा उत्कृष्ट बचत कर्ता ओमकुमारी बास्तोला, असल ऋणि तुलदेवी रोकालाई सम्मान गरिएको थियो । उनीहरुलाई संस्थाका अध्यक्ष मोहनप्रसाद त्रिपाठी, सल्लाहकार होतराज त्रिपाठी र सल्लाहकार प्रकाशचन्द्र सापकोटाले अविर खादा र मायाको चिनोसहित सम्मान गरेका थिए । त्यसैगरी संस्थाकी कर्मचारी प्रभा पौडेललाई विदाई गरिएको थियो । दियालो कृषि सहकारी संस्थाका अध्यक्ष मोहन प्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कुलप्रसाद त्रिपाठीले स्वागत, सदस्य मनिषा पोख्रेलले सहकारीका सात सिद्धान्त र सचिव वेदराज त्रिपाठीले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->