सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

निःशुल्क पोषिलो खाना खुवाउने– ‘चन्द्रकला हजुरआमा’

निःशुल्क पोषिलो खाना खुवाउने– ‘चन्द्रकला हजुरआमा’

यो समुह गर्भवती, सुत्केरी तथा नवजात शिशुहरुको सुरक्षा र बालबालिका तथा आमाहरुको पोषणका बिषयमा छलफल गर्न बनेको हो ।


  • ढोरपाटन संवाददाता
  • पुष ८ २०८१, सोमबार

बागलुङ/ढोरपाटन नगरको बुर्तिबाङ बजार छेउमा छ– भगवती टोल । जहाँ परम्परागत घरहरु अहिले पनि लावालस्कर छन् । तिनै पुराना घरमा हुर्किरहेको छ नयाँ पुस्ता । भगवती टोलमा हुर्किँदै गरेका ३५ जना बालबालिका छन् भने केही गर्भवती आमाहरु ।
ढोरपाटन १ बुर्तिबाङ बजारमा पर्ने यो टोलमा एउटा सशक्त आमा समुह छ ‘मिलिजुली’ । आमा समुहमा गर्भवती, सुत्केरी र उनीहरुका एकाघरका आमाहरुको जमघट छ ।
यो समुहको नेतृत्व भने स्थानीय स्वास्थ्य स्वयंसेविका चन्द्रकला भण्डारीले गर्छिन् । उमेरले हजुरआमा पुस्ताकी उनी आमा पुस्ताभन्दा कम छैनन् । यो समुह गर्भवती, सुत्केरी तथा नवजात शिशुहरुको सुरक्षा र बालबालिका तथा आमाहरुको पोषणका बिषयमा छलफल गर्न बनेको हो । त्यसैले यहाँ हरेक महिनाको पहिलो शनिबार आमाहरु जम्मा भएर स्वास्थ्यको बिषयमा छलफल गर्छन् । समस्या भएकालाई स्वास्थ्य संस्था जान सल्लाह दिन्छन् । स्वास्थ्य स्वयंसेविकाले ल्याएका सन्देशरु सुन्छन्, बुझ्छन् र कार्यान्वयन गर्छन् । पोषणयुक्त खाना खान्छन् । तिनै खाना बनाउने अभ्यास गर्छन् र महिनाभरीको तालिका बनाउँछन् ।
मिलिजुली स्वास्थ्य आमा समुहकी सदस्य सचिव चन्द्रकलाले हरेक महिना आमा र बच्चाहरुका लागि स्थानीय उत्पादनबाट बनेको पोषणयुक्त खाना निशुल्क खुवाउने गरेकी छन् । ‘म आँफैले कहिले फर्सिको हलुवा त कहिले चना अण्डा बनाउँछु, कोदो, फापर, मकै भटमास गाउँमै फलेका पोषणयुक्त उत्पादनबाट खाना तयार गरेर महिनामा एक दिन निशुल्क सबैलाई खुवाउँछु’ चन्द्रकला भन्छिन्, ‘आमाहरुले बच्चालाई खुवाउने बिषयमा सिकुन् भन्ने लाग्छ, उनीहरु सबैले घरमा त्यसैगरी खुवाउने गरेका छन् ।’
समुहमा रहेका आमामध्ये ३५ जनाका स–साना बालबालिका छन् । हरेक महिना एक दुईजना बाहेक सबै समुहमा आउँछन् र भण्डारीले तयार गरेको खाना खान्छन् । ‘यी सबै मेरा छोराछोरी हुन्, उनीहरु कुपोषणबाट जोगिए, हाम्रो समज बलियो हुन्छ’ भण्डारीले भनिन् ‘धेरथोर खर्च त हुन्छ तर म अन्य व्यवसायबाट त्यको व्यवस्थापन गर्छु ।’
भण्डारीले दिने पोषणयुक्त खानाले आँफुहरुलाई बालबालिकाका लागि खुवाउने पोषणयुक्त खानाको बनाउन सहज भएको स्थानीय सिर्जना कुँवरले बताईन् । बिवाईसी बागलुङ र फेरमेड फाउण्डेसनले सञ्चालन गरिरहेको ग्रामिण स्वास्थ्य सुधार परियोजनाले उनलाई प्रारम्भिक तालिम दिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङका अनुसार उक्त टोलमा कोही पनि बालबालिका कुपोषित छैनन् । आमा समुहमा हुने छलफल, पूर्व तयारी र सक्रियताले आमा बच्चाको स्वास्थ्य रक्षामा सहयोग पुगेको स्वास्थ्य केन्द्रको बुझाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->