बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३
  • २५ भाद्र २०८३ , बिहिबार
  • September 10 2026

हरेक उमेरको आफ्नै सुगन्ध

हरेक उमेरको आफ्नै सुगन्ध

जब बच्चाहरू बाल्यकाल छोडेर वयस्क बन्न पुग्छन् त्यसबेला आमाबाबुमा आफ्ना बच्चाको शरीरको गन्ध पत्ता लगाउने क्षमता कम भएर जान्छ ।


  • Dhorpatan News
  • पुष १० २०८१, बुधबार

एउटा चुनौती : कुनै अत्तरको प्रयोग नगरेका र तपाईँको छेउमा बसेको मानिसको शरिरबाट निस्कने गन्धका आधारमा मात्रै ति व्यक्तिको उमेर पत्ता लगाउन सक्नुहुन्छ ?
एउटा अनुसन्धानले देखाएको छ– व्यक्तिको शरीरको गन्धका आधारमा उक्त व्यक्तिको उमेर पत्ता लगाउन सकिन्छ । अध्ययनले भन्छः हाम्रो शरीरको गन्ध जीवनभर परिवर्तन भइरहन्छ । र त्यस्तो परिवर्तनको जैविक उत्तर छ मात्र होइन कि यसले सामाजिक विकास क्रमबारेमा पनि महत्त्वपूर्ण भूमिका खेलेको हुन सक्छ ।

बच्चाको गन्धले बाबुआमाको माया बलियो बनाउँछ
बाल्यकालमा शरीरको गन्ध असाध्यै मन्द हुन्छ । त्यसबेला पसिनाको ग्रन्थिको गतिविधि न्यून हुन्छ र साधारण छालामा रहेका सरल माइक्रोबायोम अर्थात् सूक्ष्म जीवहरूको समुदायका कारण शरीरको गन्ध पनि हल्का किसिमको हुन्छ । तैपनि बाबुआमाले आफ्ना बच्चाको सुगन्ध पहिचान गर्न सक्छन् र नचिनेका बच्चाको तुलनामा आफ्नै बच्चाको गन्ध मन पराउँछन् । यस्तो अवस्थामा गन्धले रमाइलो भावनात्मक प्रणाली सक्रिय बनाउँछन् र रमाइलो मान्ने स्नायू सञ्जाल सक्रिय गर्छन् जसले तनाव सम्बन्धित प्रतिक्रियाहरू घटाउन सहयोग पु¥याउँछन् ।
बच्चा जन्मिएपछि बच्चासँग लगाव नहुने समस्या उत्पन्न भएका आमाहरूमा भने आफ्नै बच्चाको गन्धबाट प्राप्त हुने रमाइलोको प्रतिक्रिया उत्पन्न हुँदैन । र व्यवहारगत विकास क्रमको दृष्टिकोणबाट मात्र हेर्दा आफ्ना बच्चाको सुखद पहिचानले श्रोतको लगानी पनि निश्चित कुराहरूमा मात्र लगाउने स्थिति बन्न पुग्छ ।

किशोरमा हुने ‘मानवता’ को सुगन्ध
किशोरावस्थाले शरीरबाट निस्कने गन्धमा महत्वपूर्ण परिवर्तन ल्याउने गरेको देखिएको छ । किशोर भएपछि मुख्यतया शरीरमा यौन होर्मोन उत्पादन हुने भएका कारण गन्ध परिवर्तन हुने हो जसले अरू सँगसँगै पसिना र ‘सेबासीअस ग्रन्थि ’ सक्रिय बनाउँछ । धेरैजसो पसिनाका ग्रन्थिले पानी र नुन उत्सर्जन गर्छन् र तथाकथित एपोक्राइन पसिनाको ग्रन्थिका कारण कपाल वा काखीमुनी वा यौनाङ्ग वरपरको क्षेत्रमा प्रोटिन र लिपिड उत्सर्जन हुन्छन् । लिपिड र सेबम (ट्राइग्लिसराइड, वाक्स इस्टर्स, स्क्वालीन र फ्याटी एसिडहरू)को संयुक्तरूपमा पतनका क्रममा सबै छालामा हुने सेबासीअस ग्रन्थिले विशेष ‘मानव’ गन्ध उत्पादन गर्छ । यी तत्वहरू छालामा रहेका ब्याक्टेरिया र हावासँग प्रतिक्रिया हुँदा टुक्रिन पुग्छन्। स्ट्याफाइलोकोकस जस्ता सूक्ष्म जीवाणुले बोसोलाई एसिटिक एसिड र ३–मिथाइलब्युटोनिकोइक एसिडमा परिवर्तन गरिदिन्छन् जुन किशोरहरूमा उत्पन्न हुने ’अमिलो गन्ध ’का लागि कारक छन् ।
बच्चाहरूको तुलनामा यौवन अवस्थाका केटाहरूमा अन्य वाष्पशील अणु धेरै मात्रामा पाइन्छ जसमा एन्ड्रोस्टीनोन (पसिना र पिसाबको गन्ध, कस्तूरीको जस्तो) एन्ड्रोस्टेनोल (चन्दन वा कस्तूरीको जस्तो ) वा स्क्वालीन बासी चिल्लो वा हल्का धातु अक्सिडाइज भएको जस्तो) गन्ध हुन्छ । जब बच्चाहरू बाल्यकाल छोडेर वयस्क बन्न पुग्छन् त्यसबेला आमाबाबुमा आफ्ना बच्चाको शरीरको गन्ध पत्ता लगाउने क्षमता कम भएर जान्छ । वास्तवमा आफ्ना वयस्क सन्तानभन्दा आमाहरू नचिनेका मानिसको गन्ध मन पराउँछन् भन्ने पाइएको छ । वयस्क बच्चाको शरीरको गन्ध मन नपराउनुको एक सम्भावित स्पष्टीकरण अनाचारको रोकथाम र अन्तर–प्रजनन रोक्नु हुन सक्छ ।

उमेरसँगै मानव शरीरबाट निस्कने गन्ध के हुन्छ ?
सेबासीअस ग्ल्यान्ड भनिने छालामा चिल्लो पदार्थ उत्पादन गर्ने ग्रन्थिहरूको अधिकतम सक्रियता वयस्क अवस्थामा हुने गर्छ। किशोरावस्थाको तुलनामा कम तीव्र भए पनि बुढ्यौलीमा हरेक व्यक्तिमा शरीरको आफ्नै गन्ध हुन्छ। त्यो गन्ध आहार, तनाव, होर्मोनको तह वा छालामा हुने माइक्रोबायोम जस्ता कारकमा निर्भर हुन्छ । हामीसँग कुनै गन्ध सुँघ्ने क्षमता रहेन भने जीवनभर परिवर्तन भइरहने व्यक्तिगत गन्धको अर्थ नै के भयो र ? डार्बिन आफै पनि गलत थिए (कोही पनि पूर्ण हुँदैन) किनभने उनले भनेका थिए गन्ध सुँघ्ने क्षमता मानिसका लागि असाध्यै कम उपयोगी छ, त्यसको कुनै उपयोग छ भने पनि । वास्तवमा सुँघ्ने क्षमता विशिष्ट खाले सूचना सङ्कलनमा प्रभावकारी छ । जतिबेला दृष्टि र सुन्ने शक्तिमा सीमितता हुन्छ, जस्तो कि अँध्यारो वा हल्लायुक्त वातावरण, त्यस्तो बेला सुँघ्न सक्ने क्षमता आवश्यक हुन्छ । र यसले पहिले भएका घटना पत्ता लगाउन सहयोग गर्छ । किनभने गन्धयुक्त अणु हाम्रो वरिपरि बाँकी रहिरहेको हुन्छ । त्यसैले एक विशिष्ट सुगन्ध वा बाहिरी गन्ध पत्ता लगाउने क्षमताले हामीलाई हाम्रा नातेदार, उमेर, लिङ्ग व्यक्तित्व बिमारी या भावनाबारे सामाजिक जानकारी प्रदान गर्छ । र, अन्य जनावरमा जस्तै शरीरको गन्धले साथी चयन वा नातेदारको पहिचान र लिङ्ग पत्ता लगाउन पनि मद्दत गर्छ । गन्धका आधारमा कोही पत्ता लगाउने वा मन पराउने कुरा युवा अवस्थापछिको चरणमा फेरि परिवर्तन हुन पुग्छ । उमेर बढे सँगै छालामा कोलाजेनको कमी हुन्छ र छाला च्याप्टो हुन पुग्छ । त्यसले पसिना र सेबासीअस ग्रन्थिको गतिविधि कम बनाउँछ । त्यसको कमीका कारण वृद्ध मानिसमा शरीरको तापमानमा सन्तुलन कायम राख्न कठिनाइ हुन्छ । यो उमेरमा सेबासीअस ग्रन्थिको उत्पादन कम हुने मात्र होइन त्यसको संरचना पनि परिवर्तन हुन्छ जसमा भिटामिन ई वा स्क्वालीन जस्ता एन्टिअक्सिडेन्ट यौगिकको उत्पादन पनि घट्दै जान्छ । यी सबैका साथमा छालाको कोषको एन्टिअक्सिडेन्ट उत्पादन गर्ने क्षमता कम हुँदै जाँदा छालामा अक्सिडेशन प्रतिक्रिया वृद्धि हुन सघाउँछ र त्यसैबाट बुढ्यौलीको गन्धको जन्म हुन्छ जसलाई जापानीहरू कारेशू भन्छन् । ४० वर्षको आयूदेखि छालामा फ्याटी एसिड उत्पादन हुने प्रक्रिया, जस्तो कि ओमेगा –७ (पामिटोलिक एसिड), मा परिवर्तन हुन सुरु हुन्छ। यसले मोनोअनस्याचुरेटेड फ्याटी एसिडको अक्सिडेशन भएर २–नोनेनल उत्पादन गर्छ जसले विशेष गन्ध बनाउँछ ।
यो यौगिक पुरानो मदिरा या फापरमा पनि पाइन्छ र यसलाई बोसोयुक्त वा घाँसको जस्तो गन्धका रूपमा पनि वर्णन गरिएको छ । केही मानिसलाई यस्तो गन्ध मन पर्दैन । तर, हामीमध्ये अधिकांशले त्यसलाई हजुरबा, हजुरआमा वा बाबुआमासँगको सुखद संस्मरणसँग जोडेर हेर्छौँ । बुढेसकालको गन्ध सरसफाइसँग सम्बन्धित छैन। यो २–नोनेनल का कारण हो जुन पानीमा घुलनशील हुँदैन त्यसैले यो नुहाउँदैमा वा कपडा धुँदैमा पखालिँदैन । जति जति छाला परिपक्व हुँदै जान्छ यसको एन्टिअक्सिडेन्ट सुरक्षा कमजोर हुँदै जान्छ । जसले यसअघि भनिएका यौगिकको मात्रा असाध्यै धेरै उत्पन्न हुन्छ । त्यसैले यस्तो गन्ध कम गर्ने सबैभन्दा उपयुक्त उपाय चाहिँ धेरै पानी पिउनु, स्वस्थ आहारको पालना गर्नु, तनाव कम गर्नु र चुरोट तथा मदिरा सेवन कम गर्नु हो । यस्ता बानीले हाम्रो शरीरमा गन्ध बनाउन भूमिका खेल्ने अक्सिडेटिव तनाव कम गर्दिन्छ ।

-बीबीसीबाट

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->