बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

थप ४ करोड २१ लाख बजेट विनियोजन

थप ४ करोड २१ लाख बजेट विनियोजन


  • हरिकृष्ण गौतम
  • पुष ११ २०८१, बिहिबार

म्याग्दी/धवलागिरी गाउँपालिकाको बुधवार सम्पन्न २३ औँ गाउँसभाले ४ करोड २१ लाख बजेट विनियोजन गरेको छ । गत आर्थिक बर्षमा खर्च हुन बाँकी रहेको मौज्दातलाई विभिन्न योजनामा विनियोजन गरेको हो ।
गाउँपालिकाको अति आवश्यक योजनालाई प्राथमिकता दिएर विनियोजित बजेटमा अति बिकट गूर्जा जोड्ने सडक र निर्माणधिन गाउँपालिकाको प्रशासकीय भवनलाई ६०/६० लाख बजेट उपाध्यक्ष रेशम पुनले प्रस्तुत गरेकोमा पारित भएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालका अनुसार गत असारमा सम्पन्न २२ औँ गाउँसभामा रु ४३ करोड ४३ लाख बजेट पारित गरिएकोमा बुधवारको गाउँसभाले संसोधित बजेट स्वीकृत गरी कुल बजेट ४७ करोड ६४ लाख रहेको छ । गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले गाउँसभामा विनियोजन ऐन २०८१ लाई संसोधन गरी विभिन्न योजनाहरुमा रकम थपका साथै रकमान्तर गर्ने निर्णयसँगै योजनाको कार्यान्वयनमा समेत जोड दिए ।


गाउँपालिका अध्यक्ष पुनका स्वकीय सचिव नगेन्द्र मल्लका अनुसार पालिकामा रहेका सामुदायिक विद्यालयमा ३० बर्षभन्दा बढी समय शिक्षण सेवा आवद्ध धनजनता मावि फलीयागाउँका प्रअ पूर्ण बहादुर भण्डारी, कल्लेनी आधारभुत विद्यालय कल्लेनका प्रअ भेषनाथ गौतम,हेम माविका शिक्षकद्धय ठाकुर पौडेल, कर्ननाथ सुवेदी, धौलागिरी मावि मुनाका शिक्षक मनबहादुर पुन, जगन्नाथ आधारभुत विद्यालय हिलापोखरीका प्रअ सुकदेव पौडेल रहेका छन् ।
त्यसैगरी कोट आधारभूत विद्यालय काफलडाँडाका प्रअ हेमनाथ उपाध्याय र जनविकास मावि मराङका शिक्षक खडानन्द शर्मालाई जनही नगद ६ हजार ७ सयको साथमा दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरिएको छ । अध्यक्ष पुनको अध्यक्षतामा सम्पन्न गाउँसभामा सामाजिक विकास समितिका संयोजक देवेन्द्र रोकाले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण प्रमुख प्रशासकीय अधिकृत अर्यालले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->