आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

छात्रातर्फ अमरसिंह मावि र छात्रतर्फ बाराही मावि प्रथम

छात्रातर्फ अमरसिंह मावि र छात्रतर्फ बाराही मावि प्रथम


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०८१, आइतबार

पोखरा/  युनाईटेड कम्युनिटी नेपाल (युनिकन) ले शनिबार पोखरा रंगशालामा आयोजना गरेको ‘युनिकन अन्तर विद्यालय फुटबल प्रतियोगिता २०२४’ मा छात्रातर्फ अमरसिंह मावि प्रथम भएको छ भने छात्रतर्फ बाराही मावि प्रथम भएको छ । पाँच विद्यालयबीच भएको उक्त प्रतिस्पर्धामा छात्रातर्फ अमरसिंह माविले कन्या माविलाई १–० ले हराउँदै विजेता बनेको हो । छात्रतर्फ भने बाराही माविले शितला माविलाई ट्राई ब्रेकरमा ३–२ ले हराउँदै विजेता बनेको हो ।

छात्रातर्फ अमरसिंह मावि बाराही माविलाई हराउँदै फाइनलमा पुगेको थियो भने कन्या माविले शिवशक्ति माविलाई हराउँदै फाइनमा पुगेको थियो । छात्रतर्फ भने शितला माविले अमरसिंह माविलाई हराउँदै फाइनल पुगेको थियो भने बाराही माविले शिवशक्ति माविलाई हराउँदै फाइनल पुगेको थियो ।

युनिकनले विगत ६ महिनादेखि पाँच विद्यालयलाई निःशुल्क रुपमा फुटबल प्रशिक्षण गराउँदै आइरहेको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई फुटबल खेलमा अघि बढाउनको लागि फुटबल फोर फ्युचर कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । विशेषगरी छात्राहरुलाई प्राथमिकता दिइएको उक्त कार्यक्रममा एक सय ४४ छात्राछात्रको सहभागिता रहेको छ भने ८५ जना छात्राहरुको सहभागिता रहेको छ । उक्त प्रशिक्षण कार्यक्रममा एन्फाबाट ‘सि’ लाइसेन्स प्राप्त प्रशिक्षकहरुले प्रशिक्षण गराउँदै आएका छन् ।

यस प्रतियोगितामा छात्रातर्फ कन्या माविको केशु घर्तिमगर उत्कृष्ट खेलाडी घोषित भएका थिए । त्यस्तै, उत्कृष्ट गोलकिपरको उपाधि अमरसिंह माविका छात्रा अनुजा तामाङ र धेरै गोलकर्ताको रुपमा सिम्रिका बस्ताकोटी घोषित भएका छन् । त्यस्तै छात्र तर्फ बाराही माविका समिर क्षेत्री उत्कृष्ट खेलाडी र शिव राउत उत्कृष्ट गोलकिपर घोषित भएभने उच्च गोलकर्ताको रुपमा शितला माविका सविन गुरुङले उपाधि जितेका थिए ।  सामुदायिक विद्यालयका छात्राछात्रहरुलाई अन्तर्राष्ट्रिय स्तरको फुटबल ग्राउण्डमा खेलको अनुभव प्रदान गराउने र फुटबल खेलप्रति थप हौसला बढाउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगितामा प्रथम र द्वितीय स्थान हासिल गर्ने छात्राछात्रहरुले मेडल र ट्रफि प्राप्त गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->