बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तमु ल्होसारै आशीमाला (फोटो फिचर)

तमु ल्होसारै आशीमाला (फोटो फिचर)


  • लालप्रसाद शर्मा
  • पुष १५ २०८१, सोमबार

पोखरा/  तमु (गुरुङ) समुदायले सोमबार नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होसार धुमधामका साथ मनाइरहेका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यसैले ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरुपमा वर्षेनी मनाउने गर्छन् । गुरुङ समुदायले आइतबार मध्य रातिदेखि मुप्री ल्होलाई बिदाइ र सप्री ल्होको स्वागत गर्दै हर्षोत्लाससाथ नयाँ वर्ष मनाएका हुन् । १२ राशिजस्तै १२ पशुपंक्षीको नाममा १२ वर्ग विभाजन गरिएको हुन्छ । यसपालि गिद्ध वर्गको बिदाइ गरी सर्प वर्गलाई स्वागत गरिएको हो ।

यस दिन गुरुङ समुदायका परिवार, आफन्त, साथीभाइ तथा इष्टमित्रबीच जमघट गरी मौलिक खानाका परिकार खाने र एकापसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षका रूपमा मनाउने गर्छन । ल्होसार पर्वको अवसरमा पोखरामा गुरुङ समुदायले चिप्लेढुंगा, महेन्द्रपुल, नयाँबजार हुँदै तुम धिं नेपालको केन्द्रीय कार्यालयसम्म मौलिक भेषभूषासहितको र्‍याली निकाले । तमु धिं नेपालको आयोजनामा यो र्‍याली निकालेका हुन् । र्‍यालीमा गुरुङ संस्कृति र परम्परा झल्काउने झाँकीहरु समेत देखाइएको थियो । । गुरुङ समुदायमा आदिमकालदेखि प्रचलित चुट्का, कौडा, सोरठी नाचसँगै खैजडी, च्याबुङ तथा मादलको धुन गुञ्जाए । यस अवसरमा नेवारी, तामाङलगायत समुदायले पनि साथ दिदै र्‍यालीमा सहभागिता जनाएका थिए ।

‘ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किंवदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्त्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->