स्याङ्जा/ जिल्लाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित पञ्चकन्या माविको स्वर्ण महोत्सव गाउँपालिकाका जनप्रतिनिधीले बुधवार बहिस्कार गरेका छन् । गण्डकी प्रदेशका पुर्व सामाजिक विकास तथा शिक्षामन्त्री तथा नेपाली काग्रेसका प्रदेश उपसभापति मेखलाल श्रेष्ठलाई प्रमुख अतिथि बनाइएपछि जनप्रतिनिधीले मर्यादाक्रम नमिलेको भन्दै बहिस्कार गरेका हुन् । पालिकामा ३३ जना जनप्रतिनिधि रहेकोमा २८ जना कांग्रेस र ५ जना एमालेबाट निर्वाचित हुन् । पालिका अध्यक्ष र उपाध्यक्ष कांग्रेसबाट निर्वाचित हुन् । ६ वटा वडामध्ये एउटा वडाको अध्यक्ष र ४ वटा वडा सदस्य एमालेबाट निर्वाचित भएका छन् भने अरु सबै कांग्रेसबाट निर्वाचित भएका हुन् ।
नेपाली काग्रेसबाट निर्वाचित जनप्रतिनिधि दुई तिहाई भन्दा बढी भए पनि बिवादीत ढंगले गरिएको महोत्सबमा सहभागि नभएको वडाध्यक्ष रणबहादुर थापाले बताए । उनका अनुसार प्रदेशका पुर्वमन्त्रीको बरियता नदेखिएका व्यक्तिलाई प्रमुख अतिथि बनाएपछि बिरोधस्वरुप सबै जनप्रतिनिधिले बहिस्कार गरेका हुन । पालिका अध्यक्षको बरियता १५ औं स्थानमा रहे पनि प्रदेशका पुर्व सांसद तथा मन्त्रीको बरियता नभेटिएको उनले बताए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश तिवारीलाई विशिष्ट अतिथिको रुपमा निमन्त्रणा गरिएको छ । यसलाई जनप्रतिनिधिले जनमतमो अवज्ञा गरिएको ठानेका छन । बिवाद भए पनि श्रेष्ठले महोत्सवको उद्घाटन र प्रमुख अतिथिको मन्तव्य भने दिएका थिए ।

ब्यवस्थापन समिति अध्यक्षनै बेखबर
विद्यालयको कुनै पनि निर्णय गर्न विद्यालय ब्यवस्थापन समिति अध्यक्षको उपस्थिति, सहभागिता र निर्णय अनिवार्य रहन्छ । तर उक्त विद्यालयको स्वर्ण महोत्सबमा समितिका अध्यक्ष फणीनारायण अर्याल नै अनभिज्ञ रहेका छन । आफुले राजिनामा पनि नदिएको र कुनै जानाकारी बिना स्वर्ण महोत्सव गरिएको अर्यालको भनाई छ । ‘मलाई खबर नै नभएको र ज्येठ सदस्यको अध्यक्षतामा समितिको बैठक बसेर स्वर्ण महोत्सब गरेको सुनेको छु’ उनले भने, ‘ज्येष्ठ सदस्य हो भने पदेन सदस्य वडा अध्यक्ष नै ज्येष्ठ हुनुहुन्थ्यो, कसरी कसले अरुलाई सभापति र निर्णय गर्ने अधिकार दियो ?’ महोत्सबमा शिक्षक अभिभावक संघको अध्यक्ष समेतलाई जानकारी नभएको र अन्तिम दिन अभिभावक भएकाले पत्र आएको संघका अध्यक्षा प्रेमप्रसाद ढकालले बताए ।
भूतपुर्व बिद्यार्थीलाई थाहा भएन
हरेक विद्यालयको स्वर्ण महोत्सब एक चोटी आउँछ । सबैको चाहाना सहभागि हुने भन्ने हुन्छ । २०४४ सालबाट एसएलसी दिन सुरु यो विद्यालयमा अहिले सम्म ३७ ब्याचका तीन हजार विद्यार्थी विद्यालयबाट निस्केका छन् ।
यस्तो पर्वमा विद्यालयले कुनै पनि विद्यार्थीलाई सहभागि हुन नबोलाइको भूतपुर्व विद्यार्थीले गुनासो गरेका छन् । २०४९ सालमा एसएलसी पास भएका वडा–३ का गोविन्दप्रसाद काफ्लेले स्वर्ण महोत्सबमा नबोलाएको गुनासो गरे ।
आफ्ना एक छोरी र एक छोरा यसै विद्यालयमा पढ्ेपनि सबैलाई पत्र पढाउँदा आफुलाई खबर नै नगरेको काफ्लेले बताए । काफ्ले माात्र होइन यहाँका कुनै भूतपुर्व विद्यार्थीले थाहा नपााएका हुन्




