लेखनाथ/कास्कीको लेखनाथमा विहिवार देखि २०औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सुरु भएको महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका छन् ।
पाण्डेले मेला महोत्सवलाई पर्यटन र स्थानिय उत्पादनसँग जोड्नुपर्ने वताएका छन । उनले स्थानिय क्षेत्रको आर्थिक गतिविधि बढाउन महोत्सवको योगदान महत्वपूर्ण रहने बताउँदै यस क्षेत्रको पर्यटनलाई पनि सँगै जोडेर लानुपर्नेमा जोड दिएका थिए ।
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश धेरै पर्यटकीय सम्भावना बोकेको स्थल भएको उल्लेख गर्दै पर्यटन नै प्रदेशको समृद्धिको महत्वपूर्ण आधार भएकाले यसको विकासका लागी स्थल र हवाई कनेक्टीभिटी विकास हुनुपर्ने वताएका थिए ।
सोही अवसरमा गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज आधिकारीले निजी क्षेत्रबाट संचालन गरिएका यस प्रकारका मेला तथा महोत्सवले आर्थीक क्षेत्रलाई चलाएमान वनाउदै युवाहरुले स्वदेशमा नै केही गर्न सकिने सन्देश दिन सकिने वताएका थिए । उनले सानो पुजीले पनि केही गर्न सकिन्छ भन्ने भावनाले अगाडी वढ्ने हो भने राज्यको तर्फबाट पनि सहयोग हुने विश्वास ब्यक्त गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिकका प्रमुख धनराज आचार्यले मेला तथा महोत्सवले स्थानीय उत्पादनलाई प्रवद्धन गर्ने देखि आफनो ठाउको पहिचान गराउन सहयोग पुगेको र कवि शिरोमणि लेखनाथको नामवाट परिचिय यस क्षेत्रको विकासका लागि साझा अवधारणको खाचो औल्याएका थिए ।
सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, वन तथा वातावरण मन्त्रि भेष बहादुर पौडेल, राष्ट्रिय बाणिज्य बैकका उप कार्यकारी अधिकृत विमल ढंगोल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य तारा बहादुर कार्की, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष सुमित श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष विश्व प्रकास लामिछाने, झाँकी ¥याली ब्यवस्थापन उप समितिकी संयोजक बुद्धि कुमारी थापा मगर र संघका उप महासचिव भरतराज ओझा लगाएतले आ आफनो भनाई राखेका थिए ।
माघ १ गते सम्म चल्ने महोत्सवमा स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, उद्यमशिलता र प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धनका लागि तिन सय ३६ वटा स्टलहरु रहेका छन् ।





