बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बेनीका सबै घरको नम्बर डिजिटल प्रणालीमा

बेनीका सबै घरको नम्बर डिजिटल प्रणालीमा

नगरबासीका सबै विवरण गोप्य, समस्यामा परेकालाई तत्काल उद्धार तथा राहत वितरण, विकासका योजना बनाउन समेत सहज ।


  • हरिकृष्ण गौतम
  • पुष १९ २०८१, शुक्रबार

म्याग्दी/जिल्लाको बेनी नगरपालिकाले क्यूआर कोडसहितको डिजिटल घर नम्बर प्रणालीको प्रयोगसँगै नगरबासीको सूचना संकलन तथा सहयोगका लागि सहज भएको छ । युएनडीपी नेपाल र बेनी नगरपालिकाको आर्थिक सहयोग तथा संगम म्याग्दीको ब्यवस्थापनमा नगरबासीको घरपरिवारको सूचना तथा विवरणलाई डिजिटल प्रविधिमार्फत अद्यावधिक गरेसँगै सेवाप्रवाह सहज भएको छ ।
शुक्रबार नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगर प्रमुख सुरत केसीले १० वटै वडामा डिजिटल घर नम्बरिङले नगरबाट प्रदान गरिने हरेक प्रकारका सेवाहरू तथा समस्यामा परेका नगरबासीलाई तत्काल उद्धार तथा राहत उपलब्ध गराउने सहज भएको बताए । बेनी नगरपालिकामा कुल घर संख्या ७ सय ४४० रहेको छ । कुल जनसंख्या २८ हजार ९६७ रहेकोमा पुरुष १५ हजार १३३, महिला १३ ह जार ८३० र योनिक अल्पसंख्य ४ जना छन् ।
नगरभित्रका सबै घरधुरीमा डिजिटल घर नम्बर प्रणाली जडान गरेपछि घरपरिवारको परिचय, घटना दुर्घटना तथा विपत्तको सूचनाका साथै तत्काल सहयोगका लागि समेत सहज भएको छ । नगरपालिकाले घरदैलोमा पु्गेर तयार गरेको विवरणमा ब्यक्तिगत विवरणसहित शैक्षिक योग्यता, आर्थिक अवस्था कमजोर भएका, अपाङ्ता, खानेपानी, स्वास्थ्य, शौचालय, घरधुरीबाट स्वास्थ्य संस्था, शैक्षिक तथा अन्य सेवा लिन सकिने संघसंस्थासम्म पुग्ने दूरीसमेत हेर्न सकिन्छ ।
नगरपालिकाबाट सेवा लिनेहरुको विवरण समेत घर नम्बरमै अपडेट हुने प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माको भनाइ छ । घरमा डिजिटल नम्बरिङपछि सेवासुविधाको दुरूपयोग रोक्न सकिने, आफ्नो सूचनाहरू वडातहबाटै अपडेट गर्न सकिने, सुत्केरी, गर्भवती तथा जटिल रोग र बिरामी परेको अवस्थामा आवश्यक औषधि तथा एम्बुलेन्स, सुरक्षा व्यवस्थापनका कामहरुमा सहजता हुने र पाहुनाले समेत गुगल म्यापबाट घर पत्ता लगाउन सकिने छ ।
डिजिटल नम्बरिङसँगै नगरपालिकाले आर्थिक सहायताका लागि आर्थिक तथा सामाजिक रुपमा विपन्न,पूर्णरुपमा अपाङ्ता भएका, एकल महिलाहरूलाई जिविकोपार्जन र औषधि उपचारमा सहयोग गर्न युएनडीपी नेपाल, संगम म्याग्दी र राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा घरदैलोमै पुगेर ३ सय ४० महिलालाई बिना सर्त २७ हजार नगद सहयोग गरी लाभग्राहीलाई ९२ लाख नगदै वितरण गरिने छ ।
२०८१ साल साउन महिनादेखि लागू भएको परियोजनाले विपन्न महिलाहरुको राष्ट्रिय वाणिज्य बैकमा समृद्धि बचत खाता खोलेर दुई किस्तामा २७ हजार आर्थिक सहयोग गरिएको छ । राष्ट्रिय बाणिज्य बैकले प्रत्येकको घरमै पुगेर खाता खोल्ने, बैंकसम्म आउन नसक्नेलाई घरमै नगद पु¥याउने तथा प्रत्येक खातावालालाई १ सय नगद जम्मासमेत गरिदिन्छ । अति विपन्नलाई स्वास्थ्य विमा सहित नागरिकता नभएका लाभग्राहीलाई नागरिकता दिलाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->