पोखरा/ पोखरा– १६ बाटुलेचौरस्थित श्री गाउँ विकास समाज बहुमुखी सहकारीको २६ औं साधारण सभा सम्पन्न भएको छ। सहकारीले सामाजिक सेवा सम्मानबाट समाजसेवी पुष्पराज अधिकारी र सहकारी विकासमा योगदान पुर्याएका दुर्गालाल श्रेष्ठलाई सम्मान गरेको छ। उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथी पूर्ववडाध्यक्ष दानवहादुर बानियाँ, सल्लाहकार दुर्गा केसी, अध्यक्ष कर्णबहादुर खड्का र संस्थापक अध्यक्ष कुञ्जराज थापाले मायाको चिनो, सम्मान पत्र र सल ओढाएर सम्मान गरे । कार्यक्रममा सहकारीले उत्कृष्ट वचतकर्ता हरिकुमारी गुरुङ, उत्कृष्ट कारोबार गर्ने हिमलाल पौडेल, दैनिक बचतकर्ता कृष्ण थापालाई पनि सम्मान गरेको सहकारीका व्यवस्थापक मोहनवहादुर थापाले जानकारी दिए। यसअघि सभाको उद्घाटन गर्दै बानियाँले सहकारीको सिद्धान्त र शेयर सदस्यको समन्वयमा संचालित सहकारी सदैव उत्कृष्ट रहने बताए ।
सहकारीका अध्यक्ष कर्णबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कुञ्जराज थापा, गरिमा विकास बैंक बाटुलेचौर शाखा प्रमुख सुरज बराल, बाटुलेचौर कालीलेक सहकारीका अध्यक्ष बसन्त तिमिल्सिना, हितैषी सहकारीका अध्यक्ष मदन आचार्य, ऋण उपसमितिका संयोजक गोविन्दबहादुर थापा, ऋण असुली उपसमितिका संयोजक बलबहादुर थापा, सहकारीका सल्लाहकार चित्र थापा, मैदान आमा समूहका अध्यक्ष ज्योति बस्नेत र सहकारीका व्यवस्थापक मोहनवहादुर थापाले सहकारीका विषयमा बोलेका थिए । सभाले संयोजक कुलबहादुर खत्रीको लेखा प्रतिवेदन, सचिव योगेन्द्रवहादुर वस्नेतको प्रगति प्रतिबेदन र कोषाध्यक्ष सुशील वस्नेतले पेश गर्नुभएको बार्षिक प्रतिवेदन पास गरेको छ। सल्लाहकार रामवहादुर बानियाँले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य मनु वस्नेतले गरेकी थिइन ।




