बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

अन्नपूर्ण गाउँपालिकामा मौरी पालन तालिम शुरु

अन्नपूर्ण गाउँपालिकामा मौरी पालन तालिम शुरु


  • ढोरपाटन संवाददाता
  • पुष २१ २०८१, आइतबार

पोखरा/ प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्को आङ्गिक शिक्षालय अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयको आयोजनामा मौरी पालन तालिम शुरु भएको छ । तालिम अन्नपूर्ण गाउँपालिका ४ सल्यानमा आइतबारबाट शुरु भएको हाे । तालिम ६५ दिन (३९० घण्टा) सम्म सञ्चालन हुने शिक्षालयका प्रमुख बिकल अधिकारीले बताए । उनले यस्ता तालिमले बिद्यार्थीलाई स्वरोजगार बन्न सहयोग पु¥याउने उल्लेख गरे । कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि अन्नपूर्ण गाउँपलिकाका अध्यक्ष बिष्णुबहादुर केसीले गाउँपालिकाले कृषि र पशुपालन शिक्षामा जोड दिइएको बताए । उनले उहाँले तालिममा सहभागिहरुको लागि अनुदान स्वरुप मौरीका घार उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्दै यस क्षेत्रलाई मौरीपालन पकेट क्षेत्र बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष आइन्दल गुरुङले मौरी पालनलाई ब्यवसायिक बनाउँदै आर्थिक उन्नतिमा लाग्न बिद्यार्थी तथा किसानहरूलाई आग्रह गरे । तह १ अन्र्तरगत दिइने मौरी पालन तालिममा २० जना बिद्यार्थीको सहभागिता रहेको छ । यस्तै तालिमको मुख्य प्रशिक्षकको रुपमा जगन्नाथ पौडेल र सहायक प्रशिक्षकमा बर्ष बिक रहेका छन् ।

 

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->