बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

भारतीय दूताबासको सहयोगमा निर्मित म्याग्दी क्याम्पस भवन उद्घाटन

भारतीय दूताबासको सहयोगमा निर्मित म्याग्दी क्याम्पस भवन उद्घाटन


  • हरिकृष्ण गौतम
  • पुष २३ २०८१, मंगलबार

म्याग्दी/नेपालस्थित भारतीय दूताबासको आर्थिक सहयोगमा निर्मित म्याग्दी बहुमुखी क्याम्पसको भबन एक समारोहका बिच सोमबार उद्घाटन गरिएको छ । बेनी नगरपालिका–८,फूलबारीमा अवस्थित क्याम्पसको छात्राबास, वार्डेन कक्षसहित व्यवस्थापन र मानविकी संकाय गरी ३ वटा भवनको भारतीय दूताबासका प्रथम सचिव अविनाशकुमार सिंह र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले संयुक्त रुपमा उद्घाटन गरे । २०६८–२०६९ सालमा भारतीय दूताबासको दुई करोड ८३ लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो ।
क्याम्पस भवन तत्कालीन जिल्ला विकास समितिले २०७१ सालमा हस्तान्तरण गरेपछि नियमित प्रयोगमा आइरहे पनि विभिन्न कारणले उद्घाटनको मिति तय हुन सकेको थिएन । दुईतले २४ कोठा भएको नयाँ भवन निर्माणपछि पठनपाठन तथा ग्रामीण क्षेत्रबाट आउने छात्राहरुलाई सहयोग पुगेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुंगानाले बताए ।‘भवन नहुँदा पठनपाठनमा निकै समस्या भएको थियो, अब गुरुयोजना सहितका अन्य संरचना बनाउन केन्द्रीत भएका छौँ,’ अध्यक्ष ढुंगानाले भने । भारतीय दूताबासका प्रथम सचिव अविनाशकुमार सिंहले दूताबासबाट सञ्चालित परियोजनाको २० वर्ष अवधिमा ७९ वटा आयोजनामा नेपाललाई सहयोग गरिएको बताउँदै अव २० करोडसम्म सहयोग गर्न सकिने बताए । ‘नेपालसँगको सम्बन्ध बलियो छ, हामीले सहयोगमा पहिलो प्राथमिकता नेपाललाई दिन्छाँै,’ सिंहले भने । उनले भारतले भूकम्पपछिको पुनर्निर्माणसहित विभिन्न परियोजनामा नेपाललाई सहयोग गरेको बताए ।
शिक्षा, स्वास्थ्य, प्राकृतिक विपत्तिसहित अन्य विभिन्न राहत कार्यक्रमहरुमा भारत अन्य देशको तुलनामा पहिलो र धेरै सहयोग गर्नेमा पर्ने प्रथम सचिव सिंहको भनाइ छ । उनका अनुसार भारतीय दूताबासबाट हुने सबै सहयोग नेपाल सरकारको मातहतका निकायबाट कार्यान्वयन हुने गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, बेनी नगरपालिकालका मेयर सुरत केसीले भारतीय दूताबाससँगको सहकार्यमा क्याम्पसभित्र थप पूर्वाधारसहित अन्य संरचनाहरूलाई प्राथमिकता दिन अनुरोध गरिएको थियो । प्रसिद्ध कालिगण्डकी नदीबाट भारतको अयोद्यामा पु¥याइएको शिला उत्खनन् गरिएको स्थानमा प्रस्तावित २० करोडको परियोजनामासमेत बजेट विनियोजनका लागिसमेत अनुरोध गरेका थिए । सोही अवसरमा क्याम्पसले भौतिक तथा प्राविधिक शिक्षाका लागि केन्द्रित गरी तयार गरेको गुरुयोजनामा भारतीय दूताबासको सहयोग मागेको छ । करिब १ हजार विद्यार्थी कक्षा ११, १२ र स्नातक, स्नातकोत्तर तहमा अध्ययनरत छन् । क्याम्पसका विद्यार्थीमा ७० प्रतिशत छात्रा रहेको क्याम्पस प्रमुख श्रीधर सुबेदीले बताए ।क्याम्पसमा म्याग्दीका साथै छिमेकी जिल्ला पर्वतको जलजला गाउँपालिकाका विद्यार्थीसमेत अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->