बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

विन्ध्यवासिनी माविमा खुला रक्तदान कार्यक्रम

विन्ध्यवासिनी माविमा खुला रक्तदान कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०८१, बिहिबार

पोखरा/ पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविले खुला रक्तदान कार्यक्रममा गर्ने भएको छ। विद्यालयको ७८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा पुस २६ गते वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक बिष्णुप्रसाद पौडेलले जानकारी दिए ।

५ औं संस्करणको सो कार्यक्रम विद्यालय परिसरमा विहान शुरु हुने र कार्यक्रममा जुनियर रेडक्रस सर्कल, रेडक्रस सोसाइटी पोखरा १६ उपशाखाको सहयोग र रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा संचालन हुने विद्यालय प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले बताए । पोखरामा रगतको अभाव देखिएको र त्यसलाई केही हदसम्म न्युनिकरण गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको र कार्यक्रमको तयारी तिव्र पारिएको बताइएको छ। सोही दिन विज्ञान प्रविधि प्रर्दशनी समेत गरिने विद्यालयले जनाएको छ।

विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको मुख्य कार्यक्रम २७ गते हुने बताएको छ। सो दिन पुरस्कार वितरण, अक्षयकोष दाताको सम्मान सहित उत्कृष्ट शिक्षक, कर्मचारीलाई सम्मान गरिने छ। वार्षिकोत्सव कै अवसरमा विद्यालयले बुधबार खेलकुद सप्ताहमा उत्कृष्ट विद्यार्थी तथा तहगत रूपमा शैक्षिक पुरस्कार वितरण गर्यो। कार्यक्रममा पुर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गर्दै विद्यार्थीको शारीरिक विकासका लागि अतिरिक्त क्रियाकलाप महत्त्वपूर्ण हुने बताए । कार्यक्रममा विद्यालयका प्रअ आचार्यले ७८ औं वार्षिकोत्सवका विभिन्न कार्यक्रमका विषयमा जानकारी दिँदै, रक्तदान कार्यक्रम र मुल समारोहमा सहभागी भईदिनु आग्रह गरे । कार्यक्रममा विद्यार्थीले साँस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन विद्यालयका लेखापाल भीमबहादुर गायकले गरेका थिए । विहिवार पनि दोस्रो चरणको पुरस्कार वितरण कार्यक्रम पुर्व मन्त्री कुमार खड्काको प्रमुख आतिथ्यतामा हुने विद्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->