बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

गोगन माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

गोगन माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०८१, बिहिबार
पोखरा/  पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण सम्पन्न भएको छ ।
विद्यालयमा बिहीबार आयोजित विशेष समारोहका बीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कार्यक्रमको उद्घाटन गरे । कार्यक्रममा आचार्यले गुणस्तरीय शिक्षाका लागि विद्यालयले निरन्तर मिहिनेत गरिरहेको बताउँदै विद्यालयले आगामी दिनमा अझै उत्कृष्ट बन्ने गरी लाग्ने विश्वास व्यक्त गरे । सरकारले विद्यालय शिक्षालाई निशुल्क र अनिवार्य भनेपनि त्यसको व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकेको बताउँदै उनले अब आउने नयाँ शिक्षा ऐनबाट विद्यमान समस्याहरू समाधान हुने विश्वास व्यक्त गरे । पोखरामा पूर्वाधार विकास लगायतका क्षेत्रमा ठूलो लगानीमा विभिन्न परियोजनाहरू अघि बढेको उल्लेख गर्दै उहाँले यी सम्पन्न भएसँगै महानगरवासीले अनुुभूति हुनेगरी परिणाम प्राप्त हुने बताए । गोगन माध्यमिक विद्यालयका अध्यक्ष एवम् कार्यक्रमका सभापति मेघराज पौडेलले विभिन्न आरोह अवरोहसाथ विद्यालय बर्तमान अवस्थासम्म आइपुुगेको बताउँदै विद्यालयले शैक्षिक गुणस्तरीयतालाई निरन्तर रुपमा जोड दिदै आएको बताए ।
विद्यालयमा राज्यका १६ वटा मात्र दरबन्दी रहेकोमा हाल ७७ जना शिक्षकबाट अध्यापन गराइएको उल्लेख गर्दै उनले सिमिति साधनस्रोतका बीच शैक्षिक गतिविधि सञ्चालन गर्न कठिनाइ भैरहेको जनाए । विद्यालयमा यस वर्षदेखि होटेल व्यवस्थापनका कक्षा पनि सञ्चालन गरिरहेको उनले बताए । प्रधानाध्यापक मोहनराज बरालले विद्यालयको भौतिक एवम् शैक्षिक प्रतिवेदनबारे जानकारी गराए । कार्यक्रममा विभिन्न तह र विषयमा अध्यापनरत शिक्षकहरू अर्जुनप्रसाद बास्तोला, कालीप्रसाद भुर्तेल, प्रकाश खड्का, रामहरि बराल, लिलमाया गुरुङ, सुनिता गुरुङ, सुरेन्द्र लामिछानेलाई सम्मान गरिएको थियो ।
उक्त अवसरमा कर दिवसका अवसरमा राष्ट्रियस्तरमा आयोजित खुल्ला प्रतियोगितामा प्रथम हुने छात्रा दिप्ती थापा, विभिन्न कक्षामा उत्कृष्ट छात्रछात्रालाई पुरस्कत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलको सभापतित्व एवम् शिक्षकद्वय गीता थापा र विनोद भण्डारीले सञ्चालन गर्नुुभएको कार्यक्रमको धन्यवाद सहित समापन शिक्षक अभिभावक संघका अध्यक्ष सञ्जय गुरुङले गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड पोखरा कार्यालयका प्रमुख गोविन्दराज पोख्रेल, पोखरा महानगरपालिकाका शिक्षा अधिकृत बद्रीनाथ सुवेदी, भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष किसान परियार, विद्यार्थी दीपिन सुवेदी लगायतले बोलेका थिए । विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुतीहरू प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->