बागलुङ/नवकिरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङको १३ औं वार्षिक साधारणसभा बिहिवार सम्पन्नभएको छ । साधारणसभाले चालु आर्थिक बर्षको अन्त्य सम्ममा सहकारीको ५ करोड निक्षेप संकलनगर्ने कोषाध्यक्ष बिष्णुप्रसाद चापागाईको प्रस्तावपारित गरेको छ । आर्थिक बर्ष २०८०/०८१ मा सहकारीले ३२ लाखआम्दानी र २७लाखखर्च गरेर ४ लाख ४७हजार नाफाकमाएको छ ।
सभारण सभामाबोल्ने वक्ताले पनिआर्थिक रुपमा ठूलो रकमनभइआमजनताको मन जित्ने का मगर्न सुझावदिएकाथिए । साथै उनीरुले सहकारीको नीति र नियममा रहेर ऋण प्रवाहगर्ने, ऋण असुलीगर्ने र सहकारीका सिद्दान्त पालना गरेमा सहकारी वास्तविक रुपमा सहयोगीबन्ने बताए ।
कार्यक्रममा जेष्ठ सदस्यताराप्रसाद गौतमले सहकारी भनेको ठूलो रकमजम्मा गरेर जनतालाई आस देखाएर भाग्ने खालको नभइ सुखदुःखमाकामलाग्ने हुनुपर्ने धारणा राखे । सल्लाहकार कर्ण हमालले पनि सहकारीलाई मागीखाने भाँडो र ठगीखाने साधननबनाउन सुझावदिए । ‘पछिल्लो समय बागलुङमाकाम गरेका इमेज र शिवशिखर सहकारीले जिल्लाकै बदनाम गराएका छन्, अरु सहकारी त्यस्तो बन्नु हुँदैन’हमालले भने, ‘युवाहरुले संचालन गरेको सहकारी चुस्तदुरुस्त र आर्थिक बिकासको माध्यम बन्नुपर्छ ।’ कार्यक्रममा लेखा समिति संयोजक सुवास आचार्यले सहकारीलाई बदनाम हुनबाट बचाउने काम शेयर सदस्यको समेत रहेको बताए । उनले कार्यसमितिले बाटो बिराएमा शेयर सदस्यले खवरदारी गर्नुपर्ने सुझावदिएकाथिए । साथै उनले लेखा समितिको प्रतिवेदन समेत पेश गरेका थिए ।
सहकारीकाअध्यक्षचिरन्जिवीगौतमको अध्यक्षता, सहसचिव ज्ञानेन्द्रराजगौतमको स्वागत र सचिवनवराजशर्माको संचालनमा सम्पन्नभएको कार्यक्रममा सचिवको प्रगतीप्रतिवेदन र कोषाध्यक्ष बिष्णुप्रसाद चापागाईको आर्थिक प्रतिवेदनपारित गरिएको थियो ।





