लेखनाथ/कास्कीको पोखरा महानगरपालिका वडा नं २६ मा रहेको खाष्टे बचत तथा ऋण सहकारी सस्थाको १४ औं वार्षिक साधारणको अवसरमा असर सहकारी सेयर सदस्यहरुलाई सन्मान गरिएको छ ।
देश ब्यापी सहकारीका क्षेत्रमा फैलाईएका नकरात्मक घटना क्रमका अवस्थामा पनि खाष्टे सहकारी प्रति सेयर सदस्यहरुले देखाएको सदभाव र साझा एकतालाई ख्यालमा राख्दै असल सहकारी अभ्यासमा सहभागी सेयर सदस्यहरुलाई सन्मान गरिएको हो ।
सहकारीले निती नियममा वसेर असल ऋणीको तर्फबाट कल्पना पुर्जा, असल वचतकर्ताको तर्फबाट सर बहादुर भुजेल जेष्ठ सदस्यहरु मध्यवाट रोहीणी अधिकारी र सेतु अधिकारीलाई सन्मान गरिएको हो भने सेयर सदस्यका छोराछोरीहरु मध्यवाट कक्षा १२ मा उत्कृष्ठ अंक ल्याउन सफल मनिषा बराल र स्वकार रानाभाटलाई सन्मान गरिएको हो ।
यसैविच सस्थाको १४ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै पोखरा महानगरपालिका सहकारी साखाका अध्यक्ष रविरमण तिवारीले सहकारीले आम सेयर सदस्यको आर्थीक,सामाजिक र सास्कृतीक पाटोको विकास गराउदै सदस्यहरुका विच मेलमिलाप र एक आपसमा सहयोगको भावना सृजना गर्नु पर्ने धारणा राखेका थिए ।
कार्यक्रममा जागरुक नागरिक समाजका अध्यक्ष रामहरि ढुगानाले नेपाल कृर्षि प्रदान देश भएर पनि सरकारले तल्लो वर्गका किसानलाई माथी उठाउने गरि योजना ल्याउन नसकेकोमा दुः ख ब्यत्त गर्दै कृर्षि उत्पादनले मात्र देशको आर्थीक अवस्थालाई सुधार गर्न सक्ने र जनताको आय स्तरमा पनि सुधार हुने भएकाले अव सहकारीले पैसा बेचेर होईन सेवा र वस्तु बेच्नेतर्पm योजना वनाउनु पर्ने सुझाव राखेका थिए ।
सोही अवसरमा नेपाली काग्रेस कास्की क्षेत्र नं १ का सभापति राजेन्द्रमणि लमिछाने, जल्धारे वचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष विष्णुप्रसाद वराल, मार्गदर्शन कृषि सहकारी सस्थाका अध्यक्ष बालकृष्ण त्रिपाठी लगाएतले एक सहकारी एक उत्पादनको अवधारण ल्याउने हो भने स्वदेशमा नै रोजगारको अवस्थादेखि सेयर सदस्यको आयआर्जनमा सहयोग पुग्ने सुझाव राखेका थिए ।
सस्थाका अध्यक्ष शिवजी तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पार्वती तिवारीले स्वागत मन्तव्य राखेकी थिईन भने कार्यक्रमको संचालन लेखा सुपरिवेक्षण समितिका सदस्य विरेन्द्र दाहालले गरेका थिए ।





